आज मंगलबार, २२ माघ २०८१ ९४ फेब्रुअरी २०२५०। हेर्नुस् आजको राशिफल।
मेष : शुभ समाचार सुन्न पाइएला। प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ। कुटुम्बबाट विशेष सहयोग मिल्नेछ। जोस, जाँगर र हिम्मत बढ्नेछ। पुराना साथीभाइसँग अप्रत्याशित भेट होला।
वृष : सरकारी निकायको भय रहला। वैदेशिक कार्यमा बाधा आउनेछ, अविश्वास उत्पन्न होला। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनुहोला। मान्यजनको आशीर्वादले काम गर्नेछ।
मिथुन : प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ। वैदेशिक क्षेत्रबाट सफलता मिल्ला। दाम्पत्य र प्रेम जीवन सुखमय रहनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। सेयर बजारबाट फाइदा हुनेछ। कला र मनोरञ्जनमा अभिरुचि बढ्नेछ।
कर्कट : आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। लक्ष्मी प्राप्तिको राम्रो योग रहेको छ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। नयाँ काम वा रोजगारको अवसर मिल्नेछ। प्रतिस्पर्धाहरूमा उत्तीर्ण हुन सकिनेछ।
सिंह : पदोन्नतिको सम्भावना छ। सेयर बजारको लगानीबाट सफलता मिल्नेछ। व्यवसायका क्रममा नयाँ योजना बन्नेछन्। मनोरञ्जनात्मक तरिकाले दिन बित्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।
कन्या : बन्न लागेको काम बिग्रन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ। प्रेममा मनमुटावका साथै मन कमजोर रहला। आर्थिक समस्याले सताउन सक्छ। तर, साँझमा भने धन हात पर्न सक्छ।
तुला : धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। पुँजी बजारले साथ दिनेछ। साँझमा कुनै कुराले चिन्ता बढेको महसुस हुनेछ।
वृश्चिक : आफन्तसँग भेटघाट हुनेछ। पुरानो साथीसँग भेट हुने सम्भावना छ। लामो समयदेखि रोकिएका काम अघि बढ्नेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ।
धनु : शुभकार्यको चर्चा चल्नेछ। टाढिएका परिवारजनसँग भेटघाट हुनेछ। रोकिएका काम पूरा हुनेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। अकस्मात् धन सम्पत्ति हात पर्न सक्छ। पुँजी बजारमा लगानीको अवसर छ।
मकर : लाभहानि बराबरी हुनेछ। झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला। गरेका काममा ढिलासुस्ती हुनेछ। आर्थिक क्षेत्रमा सङ्कट आउला। प्रेममा मनमुटावका साथै मन कमजोर रहला।
कुम्भ : अरूलाई प्रभावित पारेर काम बन्नेछ। पारिवारिक जीवन र प्रणय सम्बन्ध गाढा हुँदै जानेछ। मनोरञ्जनमा सहभागी भइएला। गरेको कार्यमा सफलता पाइनेछ। सेयर बजारमा लगानीको अवसर छ। सुखद यात्रा हुनेछ।
मीन : विद्यामा प्रगित होला। परीक्षा राम्रो हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रेम र दाम्पत्य जीवनमा नयाँ आयाम थपिनेछ। न्यायिक कार्य तपाईँको पक्षमा हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्ला।