बुधबार, माघ २३, २०८१
English
Follow us:

हेर्नुहोस् राशिफल

हेर्नुहोस् राशिफल

  • खबर सेवा

  • बुधबार, माघ २३, २०८१

  • 50
    SHARES
हेर्नुहोस् राशिफल

आज बुधबार, २३ माघ २०८१ ९५ फेब्रुअरी २०२५०। हेर्नुस् आजको राशिफल

मेष : परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रोकिएका काम सुचारु हुनेछन्। पारिवारिक भेटघाटमा मन रमाउनेछ। विद्या र बुद्धिको विकास हुनेछ। सामाजिक र वैदेशिक कार्य सहजै अघि बढ्नेछ।

वृष : नियमित खर्च बढ्नेछ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। अध्ययनमा त्यति ध्यान दिन नसकिएला। यात्रामा मालसामान हराउन सक्छ। साँझमा भने लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।

मिथुन : दिन सुखमय रहनेछ। परिवारमा मेलमिलाप हुनेछ। कला, गला र सांस्कृतिक क्षेत्रको प्रभाव बढ्दै जानेछ। आहारविहारमा सजग रहनु होला। घरमा अतिथिको आगमन होला। टाढाबाट आएका आफन्तसँग भेटघाट हुनेछ।

कर्कट : कार्य द्धिको योग छ। मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। रमणीय र सुखद यात्रा हुनेछ। व्यापार व्यवसायमा उन्नतिका साथै आर्थिक वृद्धि हुने देखिन्छ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।

सिंह : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। धार्मिक, सांस्कृतिक र दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। नयाँ कार्य सम्पादनमा सहजता मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्राविधिक क्षेत्रबाट बढी सफलता मिल्नेछ।

कन्या : यात्रामा सावधानी अपनाउनु पर्नेछ। आफूले ठीक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि नमिल्ला। पढाइ लेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ। साँझमा प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय उत्तम छ।

तुला : धार्मिक कृत्यमा मन रमाउनेछ। पारिवारिक भेटघाटमा व्यस्त भइएला। प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ। मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ।

वृश्चिक : धार्मिक यात्राको योग छ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। कृषि र उत्पादनमूलक कार्य सहजै अघि बढ्न सकिनेछ। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ । वैदेशिक कामबाट राम्रै सफलता मिल्नेछ।

धनु : आफन्तको प्रगतिमा मन रमाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। रोजगारीको अवसर आउनेछ। चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ।

मकर : मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। उच्च महत्वकाङ्क्षाले चुनौती र झमेला बेहोर्नु पर्ला। स्वास्थ्यको ख्याल गर्नुपर्ने देखिन्छ। साँझमा भने सफल यात्राको योग छ।

कुम्भ : रोकिएको काम दोहोर्‍याएर गर्दा सम्पन्न हुनेछ। शुभकार्यमा धन खर्च हुन सक्छ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। कामले तीव्रता लिनेछ भने रोकिएका काम पनि पुनस् प्रारम्भ हुनेछ।

मीन : दैनिक कार्यमा प्रगति हुनेछ। नातागोता वा परिवारजनसँग प्रविधिमार्फत भेटघाट हुनेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। धर्मकर्ममा मन लाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवले सहयोग गर्लान्।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology