मुख्य समाचार

कहाँ कहाँ पर्दैछ पानी?

काठमाडौँ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावस्वरुप यतिबेला (बुधबार बिहान) बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। तराई भूभागका केही स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ।

देशका बाँकी भूभागको मौसम भने आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपात हुने सम्भावना छ।

त्यसैगरी कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। महाशाखाले आगामी २४ घण्टाका लागि जारी गरेको चेतावनी तथा परामर्शमा भनिएको छ, ‘कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज हल्का हिमपातको सम्भावना रहेकोले त्यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध छ।’

सम्बन्धित समाचार

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

दाङ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार गएराति भएको दुर्घटनामा मोटरसाइकलमा...

इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग

इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौँ । सुर्खेतकी इनिशा विकको बलात्कारपछि भएको हत्याको विरोधमा दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौं उपत्यकाका क्याम्पसभरि अखिल क्रान्तिकारीले...

जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ

जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ

काठमाडौँ। नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले देश र जनताको हितमा हुने सबै निर्णयमा अब बन्ने सरकारलाई पार्टीले पूर्णरुपमा समर्थन...

ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ

ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ

इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट संकेत दिएका छन्। उनले आफ्ना निकट सल्लाहकारलाई...