मुख्य समाचार

राप्रपा निकट युवा संगठनको महाधिवेशन चैतमा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको महाधिवेशन चैतमा हुने भएको छ। संगठनको आज काठमाडौंमा बसेको पदाधिकारीको वैठकले आउदो चैत १६ देखि १८ गतेसम्म काठमाडौंमा महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको संगठनका सदस्य सचिव निराजन बमले जानकारी गराएका छन्।

राप्रपाको हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन गर्न बाँकी रहेका भ्रातृ संगठनहरूको महाधिवेशन चैत मसान्तसम्म सक्न निर्देशन दिएको थियो।

‘पार्टीको निर्णय अनुसार सबै भातृ संगठनहरू महाधिवेशनको आन्तरिक तयारीमा जुटिरहेको र हामीले पनि युवा संगठनको महाधिवेशन समयमा सम्पन्न गर्न आज निर्णय गरेका छौं,’ सदस्य सचिव बमले बताएका छन्।

अध्यक्ष राजेन्द्र लिङ्देनले महाधिवेशन गर्न बाँकी रहेका भातृ संगठनको महाधिवेशन समयमै सम्पन्न गर्न निर्देशन दिँदै आएका छन्। राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको विधानले निर्दिष्ट गरेको प्रावधानअनुसार महाधिवेशन गर्न हरेक हिसाबले तयारी भएको संगठनका सदस्य सचिव निराजन बमको भनाइ छ।

अहिलेसम्म ४० जिल्लाको अधिवेशन सम्पन्न भइसकेको, केही जिल्लामा अधिवेशनको मिति टुंगो लागिसकेको र बाँकी जिल्लाका अधिवेशन फागुनको तेस्रो सातासम्म सकिने र चैत पहिलो साताभित्र महाधिवेशन प्रतिनिधिहरुको नामावली समेत जिल्लाबाट पठाउन पत्राचार गर्ने निर्णय गरिएको छ।

सम्बन्धित समाचार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण...

मतदान सकिएपछि निर्वाचनबारे जानकारी दिँदै आयोग

मतदान सकिएपछि निर्वाचनबारे जानकारी दिँदै आयोग

काठमाडौँ। निर्वाचन आयोगले मतदान सकिएलगत्तै साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद...

हेटौँडामा शंकास्पद वस्तु डिस्पोज

हेटौँडामा शंकास्पद वस्तु डिस्पोज

हेटौँडा। हेटौँडा उपमहानगरपालिका-६ गौरिटारस्थित सीटीईभीटी कार्यालय र श्रीकृष्ण प्रणामी मन्दिरको बिचमा सेतो कागजमा ‘डेन्जर’ लेखिएको शंकास्पद वस्तु फेला परेको छ।...