बन्ने भयो कृष्णबहादुरको घर : ‘गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ’
इलाम । हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला की भन्ने चिन्ता सुरु हुन्छ । वर्षापछि छानोबाट झर्ने पानीसँगै उहाँका पीडा र कष्ट पनि चुहिन्छन् । इलाम नगरपालिका–५ भार्लेनीका ५८ वर्षीय कृष्णबहादुर लिम्बूको ठूलो सपना छैन । एउटा ओतलाग्ने घर, जहाँ झरी पर्दा भिज्न नपरोस् र हावाहुरी चल्दा डराउन नपरोस् । तर, उहाँका लागि सहज रूपमाजीविकोपार्जनमा समस्या छ ।
फरक क्षमता (अपाङ्गता) हुनुभएका लिम्बू स्पष्टसँग बोल्न सक्नुहुँदैन । बाँसको टाँटीले बेरिएको जीर्ण घरमा उहाँ श्रीमती र नौ वर्षीया कान्छी छोरीसँग बस्दै आउनुभएको छ । “हावाहुरी चल्दा, पानी पर्दा मन पोल्छ”, कृष्णबहादुरले श्रीमती र छोरीलाई देखाउँदै भन्नुभयो, “यिनीहरूलाई ओताउने घर बनाउने मन छ ।”
दैनिक ज्यालादारी गरेर परिवारको जीविकोपार्जन गर्नु उहाँको बाध्यता हो । गाउँघरमा दाउरा काट्ने, कटेरो बनाउने, मल बोक्नेलगायत मजदुरी गरेर उहाँले गुजारा चलाउँदै आउनुभएको छ । सीमित आम्दानीबीच पनि उहाँले एउटा गाई, केही बाख्रा र सुङ्गुर पाल्नुभएको छ । “त्यसैको आम्दानीले हातमुख जोड्न सकेका छौँ, छोरीको स्कूल खर्च धान्ने पनि त्यसैबाट हुन्छ”, कृष्णबहादुरले भन्नुभयो ।
उहाँका तीन सन्तान छन् । दुई छोरीमध्ये एक जनाको विवाह भइसकेको छ भने छोरालाई आफन्तकोमा राख्नुभएको छ । अहिले कक्षा छमा पढ्दै गरेकी नौ वर्षीया कान्छी छोरी उहाँसँग छिन् । दुई कोठे सानो घर, एउटा भान्सा र शौचालयसहितको सुरक्षित बास उहाँको जीवनको सपना हो । गाउँघरमा जोसँग भेट भए पनि उहाँ यही कुरा दोहो¥याउँनुहुन्छ ‘घर बनाउनु छ ।’ उहाँको बोली अस्पष्ट भए पनि भावनाले सबैलाई छुन्छ ।
यसैबीच, उहाँको अवस्थाबारे थाहा पाएपछि नेपाल पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष सटेन्द्र जबेगुले सामाजिक सञ्जालमार्फत घर निर्माण अभियान सुरु गर्नुभएको छ । फेसबुकबाट सुरु भएको उक्त अभियानले छोटो समयमा उल्लेख्य साथ पाएको छ ।
“हालसम्म करिब रु तीन लाख ५० हजार सहयोग सङ्कलन भइसक्यो”, जबेगुले भन्नुभयो, “कृष्णबहादुरको नाममा बैंक खाता खोलेर सहयोग सङ्कलन भइरहेको छ । वैशाखसम्म कम्तीमा रु पाँच लाख सङ्कलन गरेर घर निर्माण सुरु गर्ने लक्ष्य छ ।” कृष्णबहादुरको चाहना अनुसार दुई कोठा, भान्सा र शौचालयसहितको घर बनाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
जीवनभर सङ्घर्षमा बिताउनुभएका कृष्णबहादुरसम्म आफ्नो सपना पूरा हुन लागेको खबर पुगेको छ । उहाँले हँसिलो मुहारमा घर बनाउने घडेरी देखाउँदै भन्नुभयो, “गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ ।” रासस
ताजा अपडेट
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
अमेरिका–इजरायल र इरान युद्धको एक महिनाः विनाश र अनिश्चितता
-
३.
क्रोएसियामा भीषण आँधी
-
४.
संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखद्वारा इरानी विद्यालयमा भएको आक्रमणको अनुसन्धान निष्कर्षमा पुर्याउन आग्रह
-
५.
बन्ने भयो कृष्णबहादुरको घर : ‘गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ’
-
६.
केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
३.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
४.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
अमेरिका–इजरायल र इरान युद्धको एक महिनाः विनाश र अनिश्चितता
अमेरिका र इजरायलको इरानसँगको युद्ध एक महिना पुग्न लाग्दा मध्यपूर्वमा दशकौँपछिको सबैभन्दा ठूलो तनाव उत्पन्न भएको छ । यसले...
क्रोएसियामा भीषण आँधी
बिहीवार र शुक्रवार क्रोएसियामा भीषण आँधीले विनाश मच्चाएको छ । जहाँ भारी हिमपात र १२० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको...
संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखद्वारा इरानी विद्यालयमा भएको आक्रमणको अनुसन्धान निष्कर्षमा पुर्याउन आग्रह
संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले अमेरिकालाई इरानको एउटा प्राथमिक विद्यालयमा भएको आक्रमणको अनुसन्धान तत्काल निष्कर्षमा पु¥याउन र त्यसका...
ओली र लेखकलाई अदालत लगिँदै
काठमाडौँ। पक्राउ पर्नुभएका पूर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश...




