मुख्य समाचार

सामाजिक सन्जाल विधेयकप्रति आपत्ति जनाउँदै अनेरास्ववियूले निकाल्यो जुलुस

काठमाडौँ। संसद्मा पेस गरिएको सामाजिक सन्जाल विधेयक फिर्ता गर्न माग गर्दै नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले राँके जुलुस निकालेको छ।

सरकारले नागरिकको बोल्न पाउने स्वतन्त्रता खोस्न खोजेको र नागरिकमाथि स्वच्छतारिका कायम गर्न खोजको भन्दै अनेरास्ववियूले जुलुस निकालेको हो। संगठनले विधेयक तत्काल फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई जुलुसमार्फत अपिल गरेको थियो।

संगठनले यदि विधेयक फिर्ता नलिए कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। अनेरास्ववियू काठमाडौँ क्याम्पस जिल्ला कमिटीले आयोजना गरेको जुलुस त्रिचन्द्र कलेजको गेटबाट सुरु भएर दरबार मार्गहुँदै फेरि त्रिचन्द्र पुगेर कोण सभामा परिणत भएको थियो।

कोण सभामा क्याम्पस जिल्ला कमिटीको अध्यक्ष मदन शाही र क्याम्पस जिल्ला कमिटी उपाध्यक्ष अशोक मिश्रले सम्बोधन गरेका थिए।

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...