बिहिबार, फाल्गुन २९, २०८१
English
Follow us:

सामाजिक सन्जाल विधेयकप्रति आपत्ति जनाउँदै अनेरास्ववियूले निकाल्यो जुलुस

सामाजिक सन्जाल विधेयकप्रति आपत्ति जनाउँदै अनेरास्ववियूले निकाल्यो जुलुस

  • खबर सेवा

  • शनिबार, माघ २६, २०८१

  • 384
    SHARES
सामाजिक सन्जाल विधेयकप्रति आपत्ति जनाउँदै अनेरास्ववियूले निकाल्यो जुलुस

काठमाडौँ। संसद्मा पेस गरिएको सामाजिक सन्जाल विधेयक फिर्ता गर्न माग गर्दै नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले राँके जुलुस निकालेको छ।

सरकारले नागरिकको बोल्न पाउने स्वतन्त्रता खोस्न खोजेको र नागरिकमाथि स्वच्छतारिका कायम गर्न खोजको भन्दै अनेरास्ववियूले जुलुस निकालेको हो। संगठनले विधेयक तत्काल फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई जुलुसमार्फत अपिल गरेको थियो।

संगठनले यदि विधेयक फिर्ता नलिए कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। अनेरास्ववियू काठमाडौँ क्याम्पस जिल्ला कमिटीले आयोजना गरेको जुलुस त्रिचन्द्र कलेजको गेटबाट सुरु भएर दरबार मार्गहुँदै फेरि त्रिचन्द्र पुगेर कोण सभामा परिणत भएको थियो।

कोण सभामा क्याम्पस जिल्ला कमिटीको अध्यक्ष मदन शाही र क्याम्पस जिल्ला कमिटी उपाध्यक्ष अशोक मिश्रले सम्बोधन गरेका थिए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology