छानो उडाउँदा विद्यार्थीको बिचल्लीःपठनपाठन ठप्प

दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित प्रतापकोट माविको छानो हावाहुरीले उडाउँदा विद्यार्थीको बिचल्ली भएको छ । छानो उडाएपछि एक सातादेखि विद्यालयको पठनपाठन ठप्प छ ।
गत चैत ३० गते रातिको हावाहुरीले जस्तापाताले छाएको छानो उडाएको हो । विद्यालयका प्रधानाध्यापक फष्टबहादुर राणाका अनुसार तीनवटा कक्षाको पठनपाठन जस्तापाताको छानोमुनि हुँदैआएको थियो । अहिले विद्यार्थी घाममा बसेर परीक्षा दिन बाध्य छन् । “परीक्षासमेत प्रभावित भएको छ । नियमित कक्षा सञ्चालन गर्न समस्या छ”, उनले भने ।
कक्षा ४, ५र ६ का विद्यार्थी छाप्रोमा पढ्नुपर्ने अवस्था थियो । विसं २०२८ मा स्थापना भएको उक्त विद्यालयको भवन जीर्ण छ । पुरानो भवन भत्काएर नयाँ निर्माण गरिँदै छ । विद्यालय भवन निर्माण पूरा नहुँदा पठनपाठनमा बाधा पुगेको प्रधानाध्यापक राणा बताए। गत कात्तिकमा भवन भत्काएर नयाँ निर्माण थालिएको हो । ‘छाया नेपाल’ले सँगसँगै निर्माण थालेको तुलसीपुर–७ कालाखोलास्थित भवनको काम अन्तिम चरणमा पुगेको छ तर, अम्बासको भवन निर्माणको काम भने सुस्त गतिमा छ ।
विद्यालयका प्रअ राणाका अनुसार असार मसान्तसम्म सक्ने गरी सम्झौता भए पनि विद्यार्थीको पठनपाठनलाई मध्यनजर गरी छिट्टै पूरा गर्ने गरी अगाडि बढ्ने आश्वासन दिइएको थियो । रु एक करोड ४३ लाखको लागतमा आठ कोठाको भवन निर्माण गरिँदै छ । कक्षा १० सम्म सञ्चालित उक्त विद्यालयमा हाल २४५ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा १४ शिक्षक कर्मचारी कार्यरत छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




