मुख्य समाचार

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी अभियान सुरु गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यसमितिको यही चैत १० र ११ गते सम्पन्न बैठकको निर्णयअनुसार ७ वटै प्रदेशमा १६५ निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग समीक्षात्मक छलफल तथा क्षेत्रगत अध्ययन गरिने कार्यक्रम तय गरिएको हो।

पार्टीका महामन्त्री प्रदीप पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचनको समग्र समीक्षा गर्दै आगामी रणनीति तय गर्न यो अभियान महत्वपूर्ण हुने उल्लेख गरिएको छ।

उहाँले कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेश संयोजकहरूसँग समन्वय गरी सम्बन्धित सबै तहका नेताहरूको सक्रिय सहभागिता सुनिश्चित गरिने बताउनुभयो।

कांग्रेसका अनुसार प्रदेशस्तरमा आयोजना हुने कार्यक्रममा केन्द्रीय कार्यसमिति सदस्य, प्रदेश पदाधिकारी, जिल्ला सभापति, क्षेत्रीय सभापति तथा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यसहित उम्मेदवारहरूको सहभागिता रहनेछ। कार्यक्रम व्यवस्थापन सम्बन्धित जिल्ला कार्यसमितिले गर्ने जनाइएको छ।

निर्धारित कार्यक्रमअनुसार विराटनगरमा चैत २३ गते कोशी प्रदेशस्तरीय समीक्षा हुनेछ भने जनकपुरमा चैत २५ गते मधेश प्रदेशको कार्यक्रम आयोजना गरिनेछ।

त्यसैगरी पोखरामा चैत २७ गते गण्डकी प्रदेश, दाङमा चैत २९ गते लुम्बिनी प्रदेशको समीक्षा कार्यक्रम तय गरिएको छ।

यस्तै, हेटौँडामा वैशाख ७ गते बागमती प्रदेश, सुर्खेतमा वैशाख ३ गते कर्णाली प्रदेश तथा कैलालीमा वैशाख ५ गते सुदूरपश्चिम प्रदेशस्तरीय समीक्षा कार्यक्रम आयोजना हुनेछ।

सम्बन्धित समाचार

घट्यो नेप्से

घट्यो नेप्से

काठमाडौं । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो...

निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल

निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको...

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...

कालीमाटीमा हरियो फर्सीको मूल्य किलोको १८, आलुको १७, अरु तरकारीको कति?

कालीमाटीमा हरियो फर्सीको मूल्य किलोको १८, आलुको १७, अरु तरकारीको कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको...