मुख्य समाचार

सर्लाहीमा आगलागी, जले ५ चौपाया

काठमाडौँ। सर्लाही स्थित एक घरमा गएराति भएको आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ । आगलागीका कारण ५ चौपाया मरेका छन् । स्थानीय रामनगर गाउँपालिका ३ रामटोल बस्ने अनुप महराको कच्ची फुसको घरमा विद्युतको तार सर्ट भई सोमबार राति साढे ७ बजे आगलागी हुँदा घर पूर्णरुपमा जली नष्ट भएको हो। सो क्रममा घर भित्र रहेको बाख्रा–५ वटा मरेका हुन् ।

आगलागीमा परेर लताकपडा, कागजपत्र, अन्नपात, नगद १० हजारसहित जम्मा ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए। घटनाको खबर लगत्तै प्रहरी चौकी खैर्वा बहुर्वाबाट असई बालकिशोर साहको कमान्डमा १० जनाको टोली खटिगएर प्रहरी र स्थानीयवासीको सहयोगमा १ घण्टा भित्रै आगो नियन्त्रणमा लिइएको थियो ।

 

सम्बन्धित समाचार

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

महेन्द्रनगर। कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु...

यात्रा प्रतिवन्धका कारण अबुधाबीमा रोकिएका पर्यटकहरूको सम्पूर्ण होटल खर्च सरकारले व्यहोर्ने

यात्रा प्रतिवन्धका कारण अबुधाबीमा रोकिएका पर्यटकहरूको सम्पूर्ण होटल खर्च सरकारले व्यहोर्ने

काठमाडौँ। यात्रा प्रतिवन्धका कारण अबुधाबीमा अलपत्र परेका पर्यटक तथा आगन्तुकहरूको लागि अबुधाबीको संस्कृति तथा पर्यटन विभागले रोकिएर बस्ने सबैको...

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा तीन लाख २८ हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...