डा. दुलालको ‘चिफ कर्णेल गजराजसिंह थापा’ पोखरामा सार्वजनिक
कास्की। साहित्यकार डा. देवी क्षेत्री दुलालले लेखेको ‘चिफ कर्णेल गजराजसिंह थापा’ ऐतिहासिक उपन्यास सार्वजनिक भएको छ। यो उपन्यास विसं २०८१ कार्तिकमा लेखक स्वयंले प्रकाशन गरेका थिए। इन्द्रेणी थिएटरद्वारा आयोजित उक्त सार्वजनिक कार्यक्रममा उपन्यासको विश्लेषण कृष्ण उदासीले गरेका थिए।
प्राडा रामचन्द्र पोखरेलले उपन्यासको अवधारणा पत्र तयार गरी उपन्यासको ऐतिहासिक तथ्य र काल्पनिक स्थितिबारे विस्तृत विश्लेषण गरेका थिए।
उपन्यासमा श्री ३ जङ्गबहादुर राणाकी छोरी ज्वाइँ इलामका बडाहाकिम गजराजसिंह थापाको सत्कर्म, त्यसले तत्कालीन समाजमा पारेको प्रभाव र ‘चिफ कर्णेल गजराजसिंह थापा’को इलाम गौडाको उत्कट प्रेमभावलाई आख्यानको रूपमा प्रस्तुत गरिएको छ। उपन्यास सत्र खण्डमा संरचित छ।
उपन्यासले गजराजसिंहले दार्जिलिङबाट चियाका विरुवा ल्याई विसं। १९२० मा इलाममा चिया बगान बनाएको, वि.सं १९३५ मा बेलायतबाट कारखानाका सामान ल्याएर इलाममा चिया कारखाना स्थापना गरेको, वि.सं १९४० मा सोक्तिममा चिया प्रशोधन कारखाना स्थापना गरेको, १९३५ र १९४० मा स्थापना भएका कारखानाबाट चिया प्रशोधन भएको ऐतिहासिक तथ्यलाई केलाएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत
काठमाडौं नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ। प्रधानमन्त्री कप एक...
पीएम कप : गण्डकीमाथि बागमती विजयी
काठमाडौं। बागमती प्रदेशले गण्डकी प्रदेशमाथि १७० रनको प्रभावशाली जित हात पारेको छ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा टस हारेर...
आमाको नामबाट तीन हजारले लिए नागरिकता
काठमाडौँ। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। गृह...
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
दमक। झापाको दमक नगरपालिका वडा नं। १० स्थित दमक एग्रिकल्चर फार्म प्रा। लि।मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि...




