निर्वाचन आचारसंहितापालना गर्ने प्रतिबद्धता
दमौली । स्थानीय तह निर्वाचनका लागि आचारसंहितापालना गर्ने तनहुँका राजनीतिक दलले प्रतिबद्धता जनाएका छन् । जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले बुधबार यहाँ आयोजना गरेको निर्वाचन आचारसंहिता कार्यान्वयन र परिपालनामा सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक अन्तक्र्रियामा राजनीतिक दलका प्रतिनिधिले आचारसंहितापालना गर्ने प्रतिबद्धता जनाएका हुन् ।
तनहुँका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि प्रतिबद्ध रहेको बताउनुभयो । निर्वाचनलाई निष्पक्ष बनाउन सबै पक्षबाट आचारसंहिताको पालनामा सहयोगको अपेक्षा गरिएको ढुङ्गानाले बताए । निर्वाचनलाई व्यवस्थित बनाउन सबै पक्षको सहयोग आवश्यक हुने उनको भनाइ थियो ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले निर्वाचनलाई भयरहित बनाउन सुरक्षा योजना बनाइएको बताउँदै सुरक्षा अवस्थालाई मजबुद बनाइने बताए । निर्वाचनपूर्व, निर्वाचनको दिन र निर्वाचनपछिको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन कार्ययोजना बनाइएको प्रजिअ अर्यालले बताए ।
जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले निर्वाचनको तयारीका लागि कार्यालयले आवश्यक काम गरिरहेको जानकारी दिए । जनशक्ति आँकलन तथा परिचालन गर्ने, कर्मचारीको विवरण सङ्कलन गर्ने काम भइरहेको भन्दै उनले निर्वाचन सामग्रीको व्यवस्थापनको काम सञ्चालन गरिएको बताए ।
आचारसंहितापालना अनुगमनका लागि जिल्लास्तरमा प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिको सदस्यमा प्रमुख जिल्ला अधिकाी, निर्वाचन अधिकृत, प्रहरी उपरीक्षक हुन भने सदस्य सचिवमा निर्वाचन अधिकारी रहने व्यवस्था छ । कार्यक्रममा (नेकपा एमाले)का सचिव राजेश्वर ढकाल, (नेकपा माओवादी) केन्द्रका संयोजक राजेन्द्रकेशरी न्यौपाने, नेपाली कांग्रेसका सदस्य हुतमणि अधिकारी, विवेकशील साझाका रमेशप्रसाद आचार्य लगायतले निर्वाचन आचारसंहितापालनाका लागि प्रतिबद्ध रहेको बताए ।
ताजा अपडेट
-
१.
सरकारी गाडी चढ्दिनँ, तलब घाइते जेनजीका लागि खर्च गर्छु : सुदन गुरुङ
-
२.
अभद्र व्यवहार गर्ने ‘याङ्गो’ राइडर पक्राउ
-
३.
शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेको भन्दै एमालेलाई प्रधानमन्त्रीको धन्यवाद
-
४.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
५.
पेट्रोलियम पदार्थमा सहुलियत दिन प्रदीप पौडेलको आग्रह
ट्रेन्डिङ
सम्बन्धित समाचार
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...
कस्तो छ मौसम?
काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी,...
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...




