अध्यादेश घाँटीमा अड्कियो : जनार्दन शर्मा
काठमाडौँ। नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले सरकारले हालै ल्याएको अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भनेर टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै शर्माले भने, ‘मिठो खाने कुरा घाँटीमा अड्कियो भने त्यसको स्वाद आउँदैन। आज अध्यादेश कहाँ अड्किरहेका छन्, एजेन्डामा छलफल गर्न किन पछि परिरहेको छ?’
शर्माले सरकारमा भएकाहरूले संसद्लाई पूर्वाग्रहपूर्ण बहको थलो बनाउन नहुने धारणा पनि राखे। ‘आग्रह-पूर्वाग्रहपूर्ण संसद्को बहसलाई बनाउनुहुँदैन। बहस अन्तैअन्तै गइरहेका छन्। सरकार ढल्यो ढल्यो वा बच्योसँग जनतालाई कुनै चासो र सरोकार छैन। जनजीविकाका सवालमा सरकारले के गर्छ? चासो जनतालाई यो छ,’ उनले भने, ‘जनजीविकाका सवालमा बहस गर्न आवश्यक रहेको, संविधानले गरेको व्यवस्थाअनुसार किड्नीलगायतका रोगीहरूका उपचार कसरी गर्ने? यो बहस किन हुँदैन?’ भ्रष्टाचारका विषयमा आयोग बनाएर छलफल गर्न उनले माग गरे।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...
गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण...
मतदान सकिएपछि निर्वाचनबारे जानकारी दिँदै आयोग
काठमाडौँ। निर्वाचन आयोगले मतदान सकिएलगत्तै साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद...




