मुख्य समाचार

महेश बस्नेतविरुद्धको रिट खारेज

काठमाडौँ। उच्च अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज हुने फैसला सुनाएकाे छ । बस्नेतविरुद्ध जबर्जस्ती करणीको आरोप अनुसन्धान नै नभएको दाबी गर्दै एक जना महिलाले रिट दायर गरेकी हो।

उच्च अदालतका न्यायाधीश सोमकान्त मैनाली र केशव अधिकारीको संयुक्त इजलासले बस्नेतविरुद्ध परेको जबर्जस्ती करणीको रिट खारेज गर्दै जिल्ला सरकारी वकिल काठमाडौंको निर्णय सदर गरेको हो ।

ती महिलाले जिल्ला प्रहरी परिसरमा बस्नेतविरुद्ध उजुरी दिएकी थिइन् । उनको रिटमा दाबी नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध उनी उच्च अदालत गएकी थिइन् । उच्चको यो फैसलासँग महेश बस्नेतविरुद्ध उनको आरोप खारेज भएको छ ।प्रहरीले काठमाडौं जिल्ला अदालतमा चैत १६ गते उनीविरुद्ध पक्राउ अनुमति माग गरेकोमा अनुमति दिएको थिएन ।

सम्बन्धित समाचार

एमालेको कार्यवाहक अध्यक्षमा बादल

एमालेको कार्यवाहक अध्यक्षमा बादल

काठमाडौं । एमालेले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापालाई दिएको छ । अध्यक्ष केपी शर्मा ओली ज्यानसम्बन्धि मुद्दाको अनुसन्धानका...

इरानविरुद्धको युद्धको खर्च व्यहोर्न अरब राष्ट्रहरूलाई आग्रह गर्न ट्रम्प ‘धेरै इच्छुक’: ह्वाइट हाउस

इरानविरुद्धको युद्धको खर्च व्यहोर्न अरब राष्ट्रहरूलाई आग्रह गर्न ट्रम्प ‘धेरै इच्छुक’: ह्वाइट हाउस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानविरुद्ध जारी अमेरिका–इजरायल युद्धको खर्च व्यहोर्न अरब राष्ट्रहरूलाई आह्वान गर्न ‘निकै इच्छुक’ रहेको ह्वाइट हाउसकी...

डढेलोका घटनाहरू बढ्दै जाँदा माथिल्लो थाइल्याण्डमा वायु प्रदुषणको चपेटा

डढेलोका घटनाहरू बढ्दै जाँदा माथिल्लो थाइल्याण्डमा वायु प्रदुषणको चपेटा

थाइल्याण्डको माथिल्लो भागका केही क्षेत्रमा वायु प्रदूषण सोमवार पनि हानिकारक स्तरमा रहेको छ । जसले गर्दा स्वास्थ्य चेतावनी जारी...

तनहुँमा ट्याक्टर र माइक्रो बस दुर्घटनाः बालकको मृत्यु, १० जना घाइते

तनहुँमा ट्याक्टर र माइक्रो बस दुर्घटनाः बालकको मृत्यु, १० जना घाइते

तनहुँ। तनहुँका छुट्टाछुट्टै स्थानमा भएका दुई सवारी दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ भने १० जना घाइते भएका...