शिक्षा

काठमाडौँ युनिभर्सिटी र सङ्गुक युनिभर्सिटीबीच ‘ब्याच्लर इन कोरियन स्टडिस’ सम्बन्धी ४ वर्षे संयुक्त कार्यक्रम सुरु

काठमाडौँ। काठमाडौँ युनिभर्सिटी नेपाल र सङ्गुक युनिभर्सिटी कोरियाले २०२५ मार्चदेखि ‘ब्याच्लर इन कोरियन स्टडिस’मा ४ बर्से संयुक्त कार्यक्रम सुरु गर्ने भएका छन्। २०२४ जुन ६ मा भएको सोही कार्यक्रम ९ महिना पछि कार्यान्वयनमा आएको हो। आउँदो २०२५ मार्च १० देखि काठमाडौँ युनिभर्सिटी स्कुल अफ आर्ट्स हात्तीवन र स्कुल अफ मेनेज्मेन्ट बालकुमारी ललितपुरमा कक्षा सञ्चालन हुनेछन्।

यस कार्यक्रम अन्तर्गत विद्यार्थीले काठमाडौँ युनिभर्सिटी म १ वा २ वर्ष अध्ययन गरेपछि कोरियाको सङ्गुक युनिभर्सिटीमा क्रेडिट ट्रान्सफर गरी बाँकी अध्ययन पूरा गर्न सक्नेछन्। कोरिया जानुअघि कोरियन भाषाको टोपिक २ भन्दा माथि काठमाडौँ युनिभर्सिटीमा उर्त्तीण गर्नुपर्नेछ। माध्यमिक विद्यालयमा जीपीए २।५ माथि ल्याएर उर्त्तीण भएकालाई अध्ययनका लागि आवेदन दिन सक्ने छन्। उनीहरूले कोरिया अध्ययन गर्न सकिने छन्।

कोरियामा अध्ययन गर्दा कोरियन युनिभर्सिटीको अनुसार र नेपालमा काठमाडौँ युनिभर्सिटीको अनुसार अध्ययन शुल्क लाग्ने छ। यो विद्यार्थीले ४ वर्ष कार्यक्रम सकेपछि दुवै युनिभर्सिटी बाट प्रमाण पत्र पाउनेछन्। पहिलो बर्ष काठमाडौं युनिभर्सिटी स्कुल अफ आर्ट्स अन्तर्गत ब्याचलर इन कोरियन स्टडिस विषयमा जम्बा ४० जना विद्यार्थीले भर्ना हुन पाउने छन्।

कोरियन भाषा शिक्षक बनेर आफ्नो भविष्य बनाउन यो अध्ययन अब अनिवार्य हुने छ।

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...