एसईईको प्रश्नपत्र बाहिरियाएको आरोपमा ४ पक्राउ
जनकपुरधाम । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मर्यादा विपरीत कार्य गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटले तीन जना युवकहरूलाई नियन्त्रणमा लिएको छ। रौतहटको गरुडा नगरपालिका वडा नं। ४ स्थित गरुडा बजारबाट प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा रौतहट गरुडा नगरपालिका(७ बस्ने १८ वर्षीय चन्दन पटेल, बृन्दावन नगरपालिका(७ का २० वर्षीय रोहित कुमार पटेल र सर्लाही बलरा नगरपालिका(८ का १८ वर्षीय धिरज साह रहेका छन्।
उनीहरूलाई चैत २० गते बिहान १०स्३० बजेको समयमा परीक्षाको गोप्यता र मर्यादा भंग गरिरहेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक जीवन कुमार मैनालीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले ह्वाट्सएप ग्रुप बनाएर परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिर पठाउने र मोबाइल फोनको माध्यमबाट परीक्षार्थीहरूलाई उत्तर उपलब्ध गराउने कार्यमा संलग्न रहेको पाइएको छ। विद्युतिय माध्यमको प्रयोग गरी परीक्षाको गरिमामा आँच पुर्याएको भन्दै उनीहरूमाथि प्रहरीले निगरानी बढाएको थियो।
इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई हाल थप अनुसन्धान अगाडि बढाएको छ। प्रहरी निरीक्षक मैनालीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बले ५ दिनमा हिरासतमा रहने
काठमाडौं। कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ।...
सातामा ‘दुई दिन बिदा’ स्थायी रूपमै लागू गरौँ : बाबुराम भट्टराई
काठमाडौँ। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय वैज्ञानिक रहेको बताउनुभएको छ। समामाजिक सञ्जालमार्फत...
सभामुख अर्यालले लिनुभयो पद तथा गोपनीयताको शपथ
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति कार्यालय, शीतल...
खुल्यो डिजेल-पेट्रोलका सवारीलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो
काठमाडौँ। सरकारले डिजेल र पेट्रोलका सवारी साधनलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो खुला गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले...




