मुख्य समाचार

हाइस गाडीको ठक्करबाट बालकको मृत्यु

नेपालगनज।  बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटेपरीमा हाइस गाडीको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ।

स्थानीय पाँच वर्षीय सुगन रानालाई गाडीले ठक्कर दिएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दाङबाट नेपालगन्ज आउँदै गरेको भे१ज १५०५ नम्बरको इभी हाइसले बाटोमा हिँडिरहेका रानालाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो।

दाङको लमही नगरपालिका–५ का अजय केसीले चलाएको उक्त हाइस बालकलाई ठक्कर दिएर भागेको थियो। भागेको सवारीलाई डुडुवा गाउँपालिकाको कम्दीमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार

संसदीय दलको राजनीतिमा हस्तक्षेप थिएन, सञ्चारमाध्यममा आएका अभिव्यक्ति खेदजनक : एमाले

संसदीय दलको राजनीतिमा हस्तक्षेप थिएन, सञ्चारमाध्यममा आएका अभिव्यक्ति खेदजनक : एमाले

काठमाडौँ । नेकपा एमालेले चैत १८ गते सम्पन्न नेकपा (एमाले), संसदीय दल नेताको निर्वाचनका सम्बन्धमा सार्वजनिक सञ्चारमाध्यममा आएका प्रतिक्रियाहरू...

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दीपा दाहाल नियुक्त

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दीपा दाहाल नियुक्त

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोजपत्रकार, लेखक एवं लेक्चरर दीपा दाहाल नियुक्त हुनुभएको छ। प्रधानमन्त्रीको...

सभामुखको शपथ आइतबार

सभामुखको शपथ आइतबार

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी)ले पद तथा गोपनीयताको शपथ आइतबार(चैत २२) लिने हुनुभडछ । राष्ट्रपति कार्यालय शीतल...

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्यामा कडाइ

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्यामा कडाइ

काठमाडौँ : सरकारले सरकारी र निजी अस्पतालमा १० प्रतिशत शय्या निःशुल्क गर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने निर्णय गरेपछि अस्पतालहरुले...