स्थिर डलर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। हिजो अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको थियो। तर, अमेरिकी डलरसहितका केही मुद्रा भने हिजो सस्तिएका छन्। आज पनि हिजोकै विनियमदरमा यी मुद्राको कारोबार हुनेछ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ २२ पैसा छ। यही माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरी आज युरो एकको खरिदर एक सय ४५ रुपैया ०७ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ७० पैसा छ। त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७४ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ १५ पैसा छ।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रुपैयाँ २० पैसा छ। त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४९ रुपैयाँ ५० पैसा र बिक्रीदर चार सय ५१ रुपैयाँ ४४ पैसा छ।त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६७ रुपैयाँ ७८ पैसा र बिक्रीदर तीन सय ६९ रुपैयाँ ३७ पैसा छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
-
५.
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
सम्बन्धित समाचार
४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट
काठमाडौँ। चालु आर्थिक वर्ष (आव २०८२/८३) को ६ महिनामा सरकारले करिव ५३ अर्ब बरारबार भन्सार महशुलमा कर छुट दिएको...
९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्दै राष्ट्र बैंक
काठमाडौँ। नेपाल राष्ट्र बैंकले कर्मचारी ९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्ने भएको छ। बैंकले एक वर्षअवधिका लागि उपदान...
कति छ विदेशी मुद्राको विनिमयदर?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको...
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढेको...




