सभामुखमा अर्याल निर्वाचित निर्वाचित
काठमाडौँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।
आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा बसेको बैठकमा ज्येष्ठ सदस्य केसीले सभामुखमा अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको हो ।
अर्यालको प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने र समर्थकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहनुभएकी सोविता गौतम, अर्थमन्त्री स्वर्णिम वाग्ले र पार्टी महामन्त्री सुनील लम्सालले बैठकमा आआफ्नो धारणा राख्नुभएको छ ।
उहाँहरुले आ–आफ्नो धारणा राख्नुभएपछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले सभामुखमा अर्याल निर्वाचित भएको बैठकसमक्ष घोषणा गर्नुभयो ।
यसैगरी, सभामुख पदमा निर्वाचित अर्यालले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुहुनेछ ।शुक्रबार मनोनयन दर्ताको दिन अर्यालको एकल उम्मेदवारी परेकाले उहाँ सभामुख पदमा निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बले ५ दिनमा हिरासतमा रहने
काठमाडौं। कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ।...
सातामा ‘दुई दिन बिदा’ स्थायी रूपमै लागू गरौँ : बाबुराम भट्टराई
काठमाडौँ। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय वैज्ञानिक रहेको बताउनुभएको छ। समामाजिक सञ्जालमार्फत...
सभामुख अर्यालले लिनुभयो पद तथा गोपनीयताको शपथ
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति कार्यालय, शीतल...
खुल्यो डिजेल-पेट्रोलका सवारीलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो
काठमाडौँ। सरकारले डिजेल र पेट्रोलका सवारी साधनलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो खुला गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले...




