मुख्य समाचार

सातामा ‘दुई दिन बिदा’ स्थायी रूपमै लागू गरौँ : बाबुराम भट्टराई

काठमाडौँ। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय वैज्ञानिक रहेको बताउनुभएको छ। समामाजिक सञ्जालमार्फत उहाँले यो नियम स्थायी रूपमै लागू गर्न उपयुक्त हुने बताउनुभएको हो।

‘कार्यालय समय ९–५ बजे र शनिवार–आइतबार बिदा गर्ने वर्तमान सरकारी निर्णय सही र वैज्ञानिक छ,’ उहाँले भन्नुभएको छ ‘यसलाई तत्काल पेट्रोलियम पदार्थको अभावको कारण अस्थायी रूपमा लागू गर्ने मात्र होइन सार्वजनिक वार्षिक बिदा र क्यालेण्डर (पात्रो)मा समेत समयानुकूल सुधार गरी स्थायी रूपमा नै लागु गर्नु सबै हिसाबले राम्रो र उपयोगी हुन्छ।’

सम्बन्धित समाचार

बले ५ दिनमा हिरासतमा रहने

बले ५ दिनमा हिरासतमा रहने

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ।...

सभामुख अर्यालले लिनुभयो पद तथा गोपनीयताको शपथ

सभामुख अर्यालले लिनुभयो पद तथा गोपनीयताको शपथ

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति कार्यालय, शीतल...

खुल्यो डिजेल-पेट्रोलका सवारीलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो

खुल्यो डिजेल-पेट्रोलका सवारीलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो

काठमाडौँ। सरकारले डिजेल र पेट्रोलका सवारी साधनलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो खुला गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले...

सभामुखमा अर्याल निर्वाचित निर्वाचित

सभामुखमा अर्याल निर्वाचित निर्वाचित

काठमाडौँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा...