मुख्य समाचार

बारामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगन्ज । बारामा ट्रकको ठक्करबाट आइतबार एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– २ स्थित शुभलाभ ट्रेडर्स अगाडि ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक उदित नारायण झाको मृत्यु भएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।

पथलैयाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ६ ख २८९५ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ४० प ४१९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको बारा प्रहरीले जनाएको छ ।

यो दुर्घटनामा अर्का एक जना गम्भीर घाइतेसमेत भएको प्रहरी प्रवक्ता सापकोटाले बताए । प्रहरीका अनुसार गम्भीर घाइते भएका जितपुरसिमरा–२ निवासी उत्पल आचार्यको वीरगन्जस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उनको दाहिने खुट्टा र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले ट्रक चालक धादिङ गजुरी–६ पोखरी खोला बस्ने सन्दीप भुजेल तथा सहचालक सोही ठाउँका सुशील थापालाई पक्राउसमेत गरेको छ ।

सम्बन्धित समाचार

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...

देवघाटमा देखियो घडियाल

देवघाटमा देखियो घडियाल

चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

काठमाडौँ। निर्वाचन आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकारको पूर्ण प्रयोग गर्न...