गृहमन्त्री गुरुङलाई सांसद पुनको सुझाव–कसैको दबाब र प्रभावमा नपर्नू
काठमाडौँ। स्वतन्त्र सांसद महावीर पुनले गृहमन्त्री सुधन गुरुङलाई कसैको दबाब र प्रभावमा नपर्न सुझाव दिनुभएको छ । आईतवार सांसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो सुझाव दिनुभएको हो । विगत पार्टी र पार्टी नेतृत्वको प्रभावकै कारण गृहमन्त्रीले प्रभावकारी काम कारबारही गर्न नसकेको उहाँको भनाइ छ । उहाँले मुलुकमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने सन्दर्भमा गृहमन्त्री गुरुङले थालेको अभियान प्रसंशनीय रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो,‘पहिले गृहमन्त्रीले कसैलाई कारबाही गर्न खोजेपनि दलका प्रमुख नेताहरुको दबाबमा गृहमन्त्रीले पनि गर्न सक्दैन्थ्यो । त्यसैले गृहमन्त्रीले कसैको पनि दबाबमा पर्नु भएन । राम्रो काम गर्नुपर्यो । तदारुकता साथ अपराधिक कार्यमा संलग्नलाई कारबाही गर्नुप¥यो ।’
उहाँले संसदमा आफू प्रतिपक्षी भएकै कारण राजनीतिक स्वार्थ पूर्तिमा संलग्न नहुने बताउनु भयो । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
३३ जना बिचौलियालाई प्रहरी नियन्त्रणमा
जनकपुरधा । मधेश प्रदेशका विभिन्न सरकारी कार्यालयहरूमा सक्रिय ३३ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सेवाग्राहीलाई अनुचित प्रभावमा...
आकासिँदो इन्धनको मूल्यले अफगानीहरूमाथि दबाब
काठमाडौँ। काबुलको व्यस्त सडकमा ३३ वर्षीय ट्याक्सी चालक अब्दुल मतीन आफ्नो कारको स्टेयरिङ पछाडि बसेर यात्रुहरूको प्रतीक्षा गरिरहेका छन्...
पूर्वी गाजा शहरमा इजरायली हवाई आक्रमणमा ४ प्यालेस्टाइनीको मृत्यु
काठमाडौँ। प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतकाअनुसार पूर्वी गाजा शहरको अल–तुफाह छिमेकलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा चार प्यालेस्टाइनीको...
सरकारले आफ्नो वाचा विपरित ऋण लिँदैछ, जवाफ दिनुपर्छः नेकपा नेता पुन
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वैदेशिक ऋण लिन सरकारको गरेको निर्णय को विरोध गर्दै जवाफ माग गर्नुभएको...




