सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न गृहमन्त्रीले दिए निर्देशन

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले अक्सिजन प्लान्टमा भएको विस्फोटको छिटाे भन्दा छिटाे  छानबिन गर्न निर्देशन दिएका छन् ।

ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको प्लान्टमा भएको विस्फोटको छानबिन गर्न गृहमन्त्री खाणले निदे्रशन दिएका हुन् ।

गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिएका हुन् ।

You might also like
Comments
Loading...