विशेष महाधिवेशनको माग गरिए पार्टीले दबाउँछ : एमाले
काठमाडौँ। नेकपा एमालेले विशेष महाधिवेशनको माग गर्दै थालिएको हस्ताक्षर अभियान तत्काल नरोके पार्टीले दबाउने चेतावनी दिएको छ।
एमाले कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ले अभियान तत्काल रोक्न निर्देशन दिँदै नरोके दबाउने चेतावनी दिनुभएको हो।
बादलसहित उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाएका नेताहरूलाई मंगलवार पार्टी कार्यालय च्यासलमा बोलाएर हस्ताक्षर अभियान तत्काल रोक्न भन्दै नरोके कारबाहीको चेतावनीसमेत दिनुभएको छ।
विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेका एमाले बुद्धिजीवी परिषद् अध्यक्ष गजेन्द्र थपलिया, अनेरास्ववियुका उपमहासचिव कमल जोशीलगायतलाई पार्टी कार्यालयमा बोलाएर उक्त निर्देशन दिइएको एक नेताले बताउनुभयो।
एमालेमा ओलीसहित दोस्रो र तेस्रो पुस्ताले नै सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने आवाज उठिरहेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
छोरासहित आमाको शव मृत अवस्थामा फेला
काठमाडौं। जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित आमाको शव मृत अवस्थामा फेला परेको छ। सोही ठाउँ बस्ने...
इरान–अमेरिका तनाव : ‘सम्पूर्ण सभ्यता नै समाप्त हुने’ ट्रम्पको चेतावनी
वासिङ्टन। अमेरिका र इरानबिचको तनाव उत्कर्षमा पुगेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कठोर हमलाको चेतावनी दिनुभएको छ । स्ट्रेट...
फाप्ला क्रिकेट रंगशाला राष्ट्रिय गौरवको रुपमा अघि बढ्छ ; खेलकुदमन्त्री
कैलाली। धनगढीमा रहेको ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम’लाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने शिक्षा विज्ञान तथा प्रविधि,...
३३ जना बिचौलियालाई प्रहरी नियन्त्रणमा
जनकपुरधा । मधेश प्रदेशका विभिन्न सरकारी कार्यालयहरूमा सक्रिय ३३ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सेवाग्राहीलाई अनुचित प्रभावमा...




