रवि लामिछानेलाई खुलापत्र
मिति : २०८२/१२/२४
आदरणिय सभापति ज्यू,
रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी,
विषय : महिला माथि हुने विभेदजन्य अभिव्यक्ति नियन्त्रणका लागि अनुरोध ।
सभापति ज्यू,
म मुना तिवारी, झापाबाट हाल काठमाडौंमा बसोबास गर्दै आएकी एक सचेत नागरिक हुँ। राष्ट्रिय राजनीतिप्रति गहिरो चासो राख्दै, नेपाली जनताको आवाजलाई जिम्मेवार र मर्यादित ढंगले उठाउनु प्रत्येक नागरिकको कर्तव्य ठान्दै यो निवेदन प्रस्तुत गरेकी छु।
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमार्फत जनताको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकार सञ्चालन गर्ने महत्वपूर्ण जनादेश प्रदान गरेको छ। यस जनादेशभित्र विभिन्न राजनीतिक विचारधारा राख्ने नागरिकहरूको समेत समर्थन समेटिएको यथार्थ हामी सबैलाई ज्ञात नै छ।

निर्वाचनका क्रममा विभिन्न दलहरूबीच आरोपप्रत्यारोप, गालीगलौज तथा अनावश्यक विवाद देखिनु दुःखद भए पनि, निर्वाचनपछिको दिनमा तपाईंको संयमित हुने अभिव्यक्तिले केही हदसम्म सकारात्मक सन्देश प्रवाह गरेको अनुभव गरिएको छ। तथापि, सामाजिक सञ्जाल जस्तै फेसबुक, टिकटक लगायत मार्फत अझै पनि केही व्यक्तिहरूले अन्य राजनीतिक दलप्रति आस्था राख्ने नागरिकहरू, विशेषगरी महिलामाथि, अपमानजनक, आपत्तिजनक, विभेदपूर्ण तथा असहिष्णु अभिव्यक्तिहरू दिइरहेको अवस्था देखिन्छ।
यस्ता गतिविधिहरूले केवल राजनीतिक वातावरणलाई मात्र प्रदूषित गर्दैनन् यसले महिलाको आत्मसम्मान, गरिमा र अधिकारमाथि समेत गम्भीर प्रश्न खडा गरेको छ। सभ्य, समावेशी र सम्मानजनक समाज निर्माण गर्ने हाम्रो साझा लक्ष्यविपरीत यस्ता प्रवृत्तिहरू निश्चय नै हानिकारक छन्।
अतः तपाईं मार्फत महिलामाथि यस्ता आपत्तिजनक र अपमानजनक अभिव्यक्तिहरू त्याग्न स्पष्ट निर्देशन दिनुहुनेछ भन्ने अपेक्षा व्यक्त गर्दछु। तपाईं सञ्चारकर्मी र गृहमन्त्री हुदा चर्को आवाज उठाउनु भएको निर्मम अपराधिको सिकार बनेर ज्यान गुमाउनु भएको निर्मला पन्थ घटना पुन नदोहोर्याउने गरिको नीति कानुन निर्माणमा पनि तपाईं र तपाईले नेतृत्व गरेको पार्टीले कठोर कानुन छिटो भन्दा छिटो निर्माण गर्नु हुनेछ भन्ने अपेक्षा राखेको छु। गालि बैजतिमा परेका हामी महिलालाई जिउदै मरे तुल्य (जिउदो लास) भएर बाच्नु अत्यन्त दुखद र गम्भीर विषय हो । सबैको सम्मानमा आधारित, सहिष्णु र जिम्मेवार राजनीतिक संस्कार विकास गर्न तपाईंको नेतृत्व महत्वपूर्ण रहने विश्वास लिएकी छु।
हामी सबैको साझा उद्देश्य—सुखी, समृद्ध, समावेशी र सम्मानजनक समाज निर्माण—तर्फ अघि बढ्न तपाईंको सकारात्मक पहलको हार्दिक अपेक्षा गर्दछु। तपाईंको सहयोगका लागि धन्यवाद।
विनम्र,
मुना तिवारी
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
इस्तानबुलस्थित इजरायली महावाणिज्य दुतावास नजिक आक्रमणः १ आक्रमणकारीको मृत्यु
टर्कीको इस्तानबुलस्थित बेसिकटास जिल्लामा रहेको इजरायली महावाणिज्य दुतावास नजिकै मंगलवार भएको आक्रमणमा एक आक्रमणकारीको मृत्यु भएको छ भने दुई...
एलडिसी ग्रेजुएशनपछि तयारी पोशाक क्षेत्रका १ लाख ३२ हजार रोजगारी गुम्ने खतराः अध्यक्ष पाण्डे
काठमाडौँ। नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले नेपाल कम विकसित मुलुक ९एलडिसी० बाट स्तरोन्नति भएपछि नेपालको तयारी...
अवैध क्रसर उद्योग तत्काल बन्द गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिनुभएको...
रेखा थापाको लगानीमा उपन्यास ‘सेतो धरती’ नाटक बन्दै
काठमाडौँ। लेखक तथा प्राज्ञ अमर न्यौपानेको उपन्यास ‘सेतो धरती’ लाई नाट्य रूपान्तरण गरिएको छ । मदन पुरस्कार विजेता प्रसिद्ध...




