उम्मेदवारबारे छलफल गर्न नेकपा एमाले सचिवालयको बैठक आज बस्दै

काठमाडाैं । स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरका उम्मेदवारबारे छलफल गर्न नेकपा एमाले सचिवालयको बैठक आज बस्दै छ ।
आज दिउँसो बस्ने बैठकमा उम्मेदवारको मापदण्डबारे छलफल हुने एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

बैशाख ३० गते हुन स्थानीय तहको निर्वाचनका लागि देशका ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल गर्न एमालेको सचिवालय बैठक आज बस्न लागेको बताएको छ ।

सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागबन्डा मिलाएको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्न लागेको छ ।

बैठकमा स्थानीय तह निर्वाचनका उम्मेदवार र प्रतिस्पर्धी दलविरुद्ध अपनाइने रणनीतिमा केन्द्रित हुने रिमालले बताए ।एमालेको चुनावी घोषणापत्रको मस्यौदालाई यसअघि नै सचिवालय बैठकले अनुमोदन गरिसकेको छ ।

 

You might also like
Comments
Loading...