मुख्य समाचार

स्वीस राजदूतसँग गृहमन्त्रीको अनुरोध : नेपालीको पैसा भए फिर्ता गर्दिनुहोस्

काठमाडौं। नेपालका उच्च पदस्थ व्यक्तिले अवैध रूपमा आर्जन गरेको पैसा स्वीस बैंकमा राखे/नराखेको विषयमा सरकारले अनुसन्धान थाल्ने भएकाे छ ।

गृहमन्त्री सुधन गुरुङले अवैध रूपमा आर्जन गरेको पैसा नेपालीहरूले स्वीस बैंकमा राखे/नराखेको विषयमाथिको अनुसन्धानमा सहयोग गर्न नेपालस्थित स्वीट्जरल्यान्डका राजदूतलाई आग्रह गर्नुभएको छ।

बुधबार गृह मन्त्रालयमा भएको भेटमा मन्त्री गुरुङले राजदूत डेनियल मैवलीलाई यस्तो अनुरोध गर्नुुभएको छ।

रकम जम्मा गरेको देखिएमा नेपाल सरकारको अनुरोधमा उक्त रकम फिर्ता ल्याउने व्यवस्था गर्न आवश्यक पहल गरिदिन गृहमन्त्री गुरुङले राजदूतसमक्ष आग्रह गरेकाे उनको सचिवालयले जनाएको छ ।

गृह मन्त्रालयमा भएको सो भेटमा राजदूत मैवलीले गृहमन्त्रीलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिनुभयो।

विपद् व्यवस्थापनका क्षेत्रमा गृहमन्त्री गुरुङको एक दशकभन्दा लामो अनुभव र उल्लेखनीय योगदान रहेकोप्रति सम्मान प्रकट गर्दै राजदूतले नेपालमा जलवायु परिवर्तन एवं विपद् जोखिम न्यूनीकरणका लागि पूर्वचेतावनी प्रणालीलाई थप सुदृढ बनाउन स्वीस सरकारले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सम्बन्धित समाचार

प्रधानमन्त्रीद्वारा विभिन्न देशका राजदूतहरूसँग कूटनीतिक  संवाद

प्रधानमन्त्रीद्वारा विभिन्न देशका राजदूतहरूसँग कूटनीतिक संवाद

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गर्नुभएको छ। बुधबार...

‘राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ’

‘राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ’

तनहुँ। प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सधैँ अग्रसर रहेको बताउनुभएको छ । आज यहाँ आयोजित...

सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई वातावरण बनाइदिनुपर्छः अञ्जन श्रेष्ठ

सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई वातावरण बनाइदिनुपर्छः अञ्जन श्रेष्ठ

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आफैँ उद्योग चलाउनु भन्दा निजी क्षेत्रलाई काम गर्ने वातावरण...

सुनचाँदीकोे मूल्य वृद्धि

सुनचाँदीकोे मूल्य वृद्धि

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ । सुन प्रतितोला रु सात हजार २०० र चाँदी तोलामा...