मुख्य समाचार

रोलरको ठक्करबाट मृत्यु

काठमाडौँ। काठमाडौं महानगरपालिका–१३, पुरानो कालीमाटीस्थित निर्माणाधीन सडकमा रोलरको ठक्करबाट शुक्रबार एकजनाको मृत्यु भएको छ । धादिङको गंगाजमुना गाउँपालिका–५ का ५५ वर्षीय साने गुरुङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उक्त घटनापछि फरार रहेका रोलरका चालक मकवानपुरका उमेश स्याङतानलाई काठमाडौंकै नागार्जुन नगरपालिका–१०, स्युचाटारबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार, पक्राउ गरी आजै ९फागुन ९० थप अनुसन्धान तथा कारबाहीका निम्ति गुरुङलाई प्रहरी वृत्त कालीमाटीमा पठाइएको छ । रासस

सम्बन्धित समाचार

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा तीन लाख २८ हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

सिरियाद्वारा हवाई क्षेत्र बन्दको अवधि थप, दमास्कस नजिकै मिसाइलको टुक्रा खस्दा चार जना घाइते

सिरियाद्वारा हवाई क्षेत्र बन्दको अवधि थप, दमास्कस नजिकै मिसाइलको टुक्रा खस्दा चार जना घाइते

इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि क्षेत्रीय तनाव चरम बिन्दुमा पुगेका बेला सिरियाले सोमवार मध्यरातदेखि लागू हुनेगरी थप २४...

अमेरिकी सेन्ट्रल कमाण्डः इरान कारबाहीमा ६ जनाको मृत्यु

अमेरिकी सेन्ट्रल कमाण्डः इरान कारबाहीमा ६ जनाको मृत्यु

अमेरिकी सेन्ट्रल कमाण्डले सोमबार इरानविरुद्धको आक्रमणमा थप दुई अमेरिकी सैनिकको मृत्यु भएको घोषणा गरेको छ । जससँगै मृतकको कुल...

हिजबुल्लाहद्वारा इरानमाथिको आक्रमणको निन्दा

हिजबुल्लाहद्वारा इरानमाथिको आक्रमणको निन्दा

अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको असर फैलन सक्ने डरका बीच लेबनानका राष्ट्रपति जोसेफ आउनले युद्ध वा शान्तिको निर्णय...