बाबुरामको सचिवालयमा बुटवलका अमित खनाल
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा। बाबुराम भट्टराईको निजी सचिवालयमा बुटवलका अमित खनाल नियुक्त भएका छन्। युवा इन्जिनियर भट्टराईको सचिवालयमा प्रेस तथा आईटी विभाग हेर्नेगरी नियुक्त भएका हुन् ।
खनाल मेकाट्रोनिक्स इन्जिनियर हुन्। इन्जिनियर खनाललाई आफ्नो सचिवालयमा नियुक्त गरेको जानकारी दिँदै डा। भट्टराईले नाती पुस्तासँगको सहकार्य वैकल्पिक राजनीतिक अभियानलाई सार्थक परिणाममा पुर्याउन सहयोगी हुने अपेक्षा गरेको बताएका छन् ।
‘युवा मेकाट्रोनिक्स इन्जिनियर तथा डिजिटल क्रियटर अमित खनाललाई आफ्नो निजी सचिवालयमा प्रेस तथा आईटी विभाग हेर्ने गरी नियुक्ति गर्न पाउँदा खुशी छु’, डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नाती पुस्तासँगको सहकार्य वैकल्पिक राजनीतिक अभियानलाई सार्थक परिणाममा पुर्याउन सहयोगी हुने अपेक्षा गरेको छु। सबैको सद्भाव र सहयोगका लागि हार्दिक आग्रह गर्दछु ।’
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...
गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण...
मतदान सकिएपछि निर्वाचनबारे जानकारी दिँदै आयोग
काठमाडौँ। निर्वाचन आयोगले मतदान सकिएलगत्तै साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद...
हेटौँडामा शंकास्पद वस्तु डिस्पोज
हेटौँडा। हेटौँडा उपमहानगरपालिका-६ गौरिटारस्थित सीटीईभीटी कार्यालय र श्रीकृष्ण प्रणामी मन्दिरको बिचमा सेतो कागजमा ‘डेन्जर’ लेखिएको शंकास्पद वस्तु फेला परेको छ।...




