मुख्य समाचार

प्रधानन्यायाधीशका नाममा फेक अकाउन्ट

काठमाडौँ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको तस्बिर राखेर सामाजिक सञ्जाल एक्स (ट्विटर)मा खाता खोलिएको भन्दै सर्वोच्च अदालतले चासो व्यक्त गरेको छ। आइतबार सर्वोच्च अदालतका उपरजिष्ट्रार नवीनकुमार यादवले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो।

युजर नेममा मिस्टर प्रकाश नेपाल भनेर नाम राखिएको छ। त्यसमा प्रधानन्यायाधीश राउतकै तस्बिर राखिएको छ भने सरकारी निकायले प्राप्त गर्ने ग्रे भेरिफिकेसन पनि राखिएको छ। एक्सले खरानी रंगको भेरिफिकेशन विशेषगरी सरकारी संस्थाहरूलाई दिने गर्छ। सर्वोच्च अदालतको नाममा खोलिएको उक्त खाताबाट क्रिप्टोकरेन्सीका भ्रामक ट्विटहरू गरिएका छन्।

यसबारे समाचार बाहिरिएपछि सर्वोच्च अदालतले यसबारे सचिवालयको ध्यानाकर्षण भएको जनाएको हो। प्रधानन्यायाधीश राउतको ट्विटर खाता नै नभएको उपरजिष्ट्रार यादवले बताए।

‘फेक अकाउन्ट सिर्जना गरी उक्त ट्विटर अकाउन्टबाट हुँदै नभएको, कपोकल्पित र भ्रमात्मक विषयवस्तु ट्विट एवं शेयर गरी सर्वोच्च अदालतको गरीमा र मर्यादा घटाउने तथा सम्माननीय प्रधान न्यायाधीशज्यूको व्यक्तित्वमा क्षयीकरण गराई न्यायपालिकाप्रति भ्रम सिर्जना गर्ने दुष्प्रयास गरेकोले सो ट्विटमा उल्लेख भएको झुट्टो व्यहोरा प्रति विश्वास नगर्न सर्वसाधारण सबैमा अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

यसबारे अनुसन्धान गर्न सर्वोच्च अदालतले प्रहरीलाई निर्देशन दिएको पनि विज्ञप्तिमा उल्लेख छ।

‘यस प्रकारको गलत एवं भ्रमात्मक सामग्री तत्काल हटाउन तथा सो सामग्री ट्विट गर्ने व्यक्तिलाई शिघ्र कानूनी दायरामा ल्याउन अनुसन्धान गर्ने निकायलाई आवश्यक निर्देशन दिइसकिएको व्यहोरा सर्वसाधारणको जानकारीको लागि अनुरोध छ,’ यादवले भनेका छन्।

सम्बन्धित समाचार

रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना

रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना

रोल्पा। रोल्पामा खटिएका एक जना प्रहरी बिरामी परेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पामा खटिएका प्रहरी सहायक हवल्दार जिवन...

उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर...

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...