मुख्य समाचार

काभ्रेमा बस दुर्घटनामा १८ घाइते

काभ्रेपलाञ्चोक। बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० शारदाबतासमा आज बिहान बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नंको यात्रुवाहक बस अनियन्त्रित भई सडकको नालीमा पल्टिएको प्रहरीले जनाएको छ ।

उक्त बसमा चालक र सह–चालकसहित २४ जना सवार रहेकामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए। जसमध्ये सात जनाको अवस्था मध्यम रहेको र अरू सबै सामान्य रहेको जनाएको छ ।

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक घलेले बताए।

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेन्द्र शाहलाई ओलीको बधाइ

प्रधानमन्त्री बालेन्द्र शाहलाई ओलीको बधाइ

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाइ दिनुभएको छ । सामाजिक सञ्जाल मार्फत अध्यक्ष ओलीले...

परराष्ट्र नीतिमा परिवर्तन हुँदैनः मन्त्री खनाल

परराष्ट्र नीतिमा परिवर्तन हुँदैनः मन्त्री खनाल

काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ मन्त्री आए पनि राष्ट्रको परराष्ट्र नीतिमा परिवर्तन नहुने बताउनुभएको छ।...

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु काठमाडौँ : बालेन नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा...

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...