प्रधानमन्त्री र मन्त्री पशुपतिमा
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ महाशिवरात्री, पर्व, २०८१ को पूर्वसन्ध्यामा पावन पशुुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गरेका छन्।
प्रधानमन्त्री ओलीले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रीको व्यवस्थापन तयारीबारे पशुुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिई पर्वलाई सुरक्षित, अनुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहजरुपमा भक्तजनको दर्शनको व्यवस्था मिलाउन निर्देशन दिए।
प्रधानमन्त्री ओलीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत पशुपतिनाथ मन्दिर पुगेका थिए।
हिन्दु धर्मावलम्बीका आराध्यदेव भगवान पशुुपतिनाथ मन्दिरमा दर्शनार्थीका रुपमा प्रधानमन्त्री ओलीलाई पाउँदा मन्दिर परिसरमा रहेका सर्वसाधारण भक्तजनले प्रशन्नता र उत्सुकता व्यक्त गरेका थिए ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी यही फागुन १२ गतेदेखि १५ गतेसम्म पशुुपतिनाथ मन्दिरको चार किल्लाभित्र मासुु, मदिरा तथा नसालुपदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न निषेध गरेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
देशको समृद्धिको सपनालाई कांग्रेसले मात्रै पूरा गर्न सक्छ – उपसभापति भुषाल
-
३.
दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा
-
४.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
५.
परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा
सम्बन्धित समाचार
हेटौँडामा शंकास्पद वस्तु डिस्पोज
हेटौँडा। हेटौँडा उपमहानगरपालिका-६ गौरिटारस्थित सीटीईभीटी कार्यालय र श्रीकृष्ण प्रणामी मन्दिरको बिचमा सेतो कागजमा ‘डेन्जर’ लेखिएको शंकास्पद वस्तु फेला परेको छ।...
रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना
रोल्पा। रोल्पामा खटिएका एक जना प्रहरी बिरामी परेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पामा खटिएका प्रहरी सहायक हवल्दार जिवन...
उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर...
प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति
काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...




