मुख्य समाचार

केक्यानको ५ औँ जेनेरल मिटिङ र तेस्रो कन्भेन्सन भव्यताका साथ सम्पन्न हुँदै

काठमाडौँ। कोरियन एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन नेपाल (केक्यान)को ५ औँ एनुअल जेनेरन मिटिङ र तेस्रो अधिवेशन आज काठमाडौँमा भव्यताका साथ सम्पन्न हुँदैछ।

कार्यक्रम स्माट प्यालेस चावहिलमा हुँदैछ। संस्थाका अध्यक्ष गणेश शर्माको अध्यक्षता एवं राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा कार्यक्रम हुनेछ।

कार्यक्रममा गत वर्षको क्रियाकलाप र वित्तीय कारोबारको रिपोर्ट प्रस्तुत गर्ने, नयाँ कार्यकारी समिति गठन गर्ने, आगामी वर्षको योजना र बजेटका छलफल र अनुमोदन, तेस्रो अधिवेशन समेत रहने जनाइएको छ। आजको कार्यक्रमबाट केक्यानको नयाँ कार्यकारी समिति चयन हुने छ।

के हो कोरिया शैक्षिक परामर्श संघ नेपाल (KECAN)?

कोरिया शैक्षिक परामर्श संघ नेपाल २०७७ साल फागुन २६ गतेका दिन गणेश शर्माको अध्यक्षतामा स्थापना भएको सामाजिक सस्था हो। बिशेष गरि कोरियामा उच्च शिक्षा अद्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श दिने परामर्शदाता सस्थाहरुको छाता संगठन हो कोरिया शैक्षिक परामर्श संघ नेपाल। यो संघले बिभिन्न सरोकारवाला निकायहरु संग मिलेर थुप्रै सिर्जनशील कार्यहरु गर्दै आइरहेको छ। सस्थाले विद्यार्थी र अभिभावकका समस्या दिनहु सुन्ने र समाधानको पहल गर्ने गरि रहेको छ। विभिन्न समयमा विचार गोष्ठी, सुचना आदान प्रदान गर्ने कार्यक्रम गरि राखेको छ।

 

सम्बन्धित समाचार

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गर्नुभएको छ। उहाँले फेसवुकमा एक पोष्ट...

प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित

प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित

काठमाडौँ। ब्याटरले संघर्ष गर्नुपरेको खेलमा मधेश र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात गरेका छन्। मधेशको...

प्रधानमन्त्री बालेन्द्र शाहलाई ओलीको बधाइ

प्रधानमन्त्री बालेन्द्र शाहलाई ओलीको बधाइ

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाइ दिनुभएको छ । सामाजिक सञ्जाल मार्फत अध्यक्ष ओलीले...

परराष्ट्र नीतिमा परिवर्तन हुँदैनः मन्त्री खनाल

परराष्ट्र नीतिमा परिवर्तन हुँदैनः मन्त्री खनाल

काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ मन्त्री आए पनि राष्ट्रको परराष्ट्र नीतिमा परिवर्तन नहुने बताउनुभएको छ।...