स्ववियु निर्वाचनका लागि २५ संघसंगठन दर्ता
काठमाडौँ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा २५ संघ–संगठनबीच प्रतिस्पर्धा हुने भएको छ। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका अनुसार चैत ५ मा हुने चुनावमा सहभागी हुन सोमबार विद्यार्थी संगठन दर्ता भएका छन्।
समितिका सदस्यसचिव पशुपति अधिकारीले त्रिविका ६२ वटै आंगिक क्याम्पसमा निर्वाचन समिति गठन भएको बताए। निर्वाचनका लागि अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु समाजवादी, नेपाल क्रान्तिकारी विद्यार्थी, अखिल क्रान्तिकारी (वैद्य), राष्ट्रिय प्रजातन्त्रवादी विद्यार्थी संगठन, अखिल समाजवादी, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौं र अखिल नेपाल विद्यार्थी युनियन दर्ता भएका छन्।
त्यस्तै लोकतान्त्रिक विद्यार्थी संघ, अनेरास्ववियु ९पाँचौं०, विद्यार्थी जनमत संघ, नेपाल विद्यार्थी मोर्चा, प्राज्ञिक विद्यार्थी परिषद्, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, अखिल क्रान्तिकारी बहुमत पनि दर्ता भएका छन्।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल, वैज्ञानिक समाजवादी विद्यार्थी मोर्चा, नागरिक विद्यार्थी समाज, राष्ट्रिय विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी मञ्च पनि दर्ता भएको समितिले जनाएको छ। २०७९ चैतमा भएको निर्वाचनमा १९ विद्यार्थी संघ–संगठनले भाग लिएका थिए।
निर्वाचनमा सहभागी हुन सम्बन्धित क्याम्पसमा पनि विद्यार्थी संगठनरसमूह दर्ता हुनुपर्ने व्यवस्था छ। नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत ठूला विद्यार्थी संगठनले कतिपय क्याम्पसमा अध्यक्षलगायत उम्मेदवार घोषणा गरिसकेका छन्। स्ववियु निर्वाचन कार्यतालिकाअनुसार फागुन २७ मा देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता हुनेछ। प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयन पत्र नामावली दाखिला सोही दिने हुने सदस्यसचिव अधिकारीले बताए। उम्मेदवारी दर्ताका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय कायम गरिएको छ। चैत ५ मा बिहान ८ देखि ४ बजेसम्म मतदान समय तोकिएको छ। फागुन २१ मा मतदाता सूची प्रकाशित गर्ने कार्यतालिकामा उल्लेख छ।
आंगिकबाहेक सामुदायिक र सम्बन्धन प्राप्त निजी क्याम्पसले स्ववियु निर्वाचन गर्न सक्नेछन्। निर्वाचनका लागि त्रिविले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०८१ जारी गरिसकेको छ। २०७९ चैतमा भएको स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको २ वर्ष कार्यकाल सकिनै लाग्दा त्रिवि कार्यकारी परिषद्ले निर्वाचनको तयारी गरेको हो। क्याम्पसहरूले निर्वाचन समिति गठन गरेर केन्द्रीय कार्यतालिका कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




