प्रमुख खवर

‘मेरोअटो मोटर र्याली’ सम्पन्न

काठमाडौं । अटोमोटिभ्स मिडिया प्रालिको आयोजनामा दोस्रो संस्करणका ‘मेरोअटो मोटर र्याली’ सम्पन्न भएको छ । ।शुक्रबार सुरु भएको र्याली शनिबार सकिएको थियो ।

काठमाडौंको बत्तिसपुतलीबाट सिन्धुलीको मुलकोटसम्म सय किलोमिटरको दुरीमा र्याली भएको प्रालिका अध्यक्ष सागर गजुरेलले जानकारी दिए । ‘ट्राफिक सचेतना कार्यक्रमसहित आयोजित र्याली हाइवे ड्राइभिङ, आन्तरिक पर्यटन विकास, ड्राइभ टुरिजम र ब्यावसायिक नेटवर्किङ विस्तारको लागि सहयोगी भएको विश्वास गरेका छौं,’ उनले भने ।

करिब ५० वटा गाडीमा सय भन्दा बढी सहभागितहरुका बीचमा र्याली सम्पन्न भएको छ । सडक सुरक्षा तथा पर्यटन प्रवद्र्धनमा र्याली सहयोगी भएको नाडाका अध्यक्ष ध्रुव थापाले बताए । ड्राइभ गर्दा पहिलो प्राथमिकता सुरक्षामा हुनुपर्ने नाडाका निबर्तमान अध्यक्ष कृष्णकुमार दुलालले बताए । अटो पत्रकार संघका अध्यक्ष उज्वल जंग शाहले अटो पत्रकारिता गरिरहेको सञ्चार माध्यमबाट मोटर र्याली आयोजना हुनु राम्रो पक्ष रहेको धारणा राखे ।

मोटर र्यालीको मुख्य प्रायोजक प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले गरेको थियो । इन एशोसिएशन विथ लक्ष्मी हुन्डाई र अग्नी इनकर्पोरेट गरेका थिए । र्यालीमा प्रयोजकमा रेनो, एमजी, सिप्रदी, जीप, इसुजु, भीडब्लू, प्रोटोन, आइएमइ जस्ता ब्राण्डले साथ दिएको प्रालिका निर्देशक उज्वल घिमिरेले जानकारी दिए ।

बैंकिङ पाटनर सिटिजन्स बैंक, बेभरेज पाटनर आइसबर्ग, इन्स्योरेन्स पाटनर अजोड इन्स्योरेन्स, ल्यूब पाटनर नेपाल ल्यूव आयल र इन्टरनेट पाटनर डिसहोम फाइबर नेट रहेका थिए ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...