मुख्य समाचार

कांग्रेसद्वारा मिसन रोजगारी अभियान घोषणा

काठमाडौँ। नेपाली कांग्रेसले मिसन रोजगार अभियान सुरु गरेको छ। विभिन्न नीतिगत तहमा छलफल गर्दै आएको कांग्रेसले आइतबार औपचारिक रूपमा हामी सक्छौँ भन्ने मूलनारा सहित ‘मिसन रोजगारी’ अभियान सुरु गरेको हो।

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अभियानको घोषणा गरे। मुलुकमा बढ्दो बेरोजगारी समस्या न्यूनीकरण गर्नका लागि रोजगारी अभियान सुरु गरेको महामन्त्री थापाले बताए। ‘युवाहरू स्वदेशमा रोजगार नपाएर विदेशिइरहेका छन्,’ थापाले भने, ‘मुलुकभित्र रोजगारी सृजना गर्न नीतिगत तहदेखि व्यवहारिक रूपमा पहल गर्छौं।’

श्रम बजारमा जाने ठूलो जनसंख्याले रोजगारी नपाएकाले यो राजनीतिक मुद्दा बन्नुपर्ने उनको तर्क छ। विज्ञहरूलाई समेत बोलाएर छलफल गर्दै अरू दललाई पनि यो मुद्दामा सामेल गराउने थापाले बताए। युवाहरू विदेश गए भनेर चिन्ता व्यक्त गरे पनि स्वदेशमा रोजगारी सृजना गरेर रोक्ने पहल हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे।

सम्बन्धित समाचार

भारतमा हवाई टिकट काटेको ४८ घण्टाभित्र रद्द गर्दा शुल्क नलाग्ने, यस्ता छन् नयाँ नियम

भारतमा हवाई टिकट काटेको ४८ घण्टाभित्र रद्द गर्दा शुल्क नलाग्ने, यस्ता छन् नयाँ नियम

काठमाडौं । भारतको नागरिक उड्डयन नियामक निकाय (डिजीसीए)ले हवाई टिकट फिर्ता र रद्दसम्बन्धी नियममा यात्रुहरूको हितमा महत्त्वपूर्ण परिवर्तन गरेको...

दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा

दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा

काठमाडौं। दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम बिहीबार सम्पन्न खेलमा दक्षिण...

६ महिनामा सात प्रतिशतले बढ्यो वायुसेवा निगमको आम्दानी

६ महिनामा सात प्रतिशतले बढ्यो वायुसेवा निगमको आम्दानी

काठमाडौँ। नेपाल वायुसेवा निगमको अर्धवार्षिक कार्यसम्पादनमा उत्साहजनक सुधार देखिएको छ। चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको आम्दानी र यात्रु सङ्ख्या...

परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा

परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन संविधानलाई सही मार्गमा राख्नका लागि अनिवार्य शर्त भएको बताउनुभएको छ। बिहीवार सुर्खेतमा...