मुख्य समाचार

यी स्थानमा आज पर्छ पानी

काठमाडौँ। हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। यतिबेला (सोमबार बिहान) कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। देशका बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

‘हिमपात र चट्याङसहितको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध छ,’ बुलेटिनमा उल्लेख छ।

 

सम्बन्धित समाचार

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गर्नुभएको छ। उहाँले फेसवुकमा एक पोष्ट...

प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित

प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित

काठमाडौँ। ब्याटरले संघर्ष गर्नुपरेको खेलमा मधेश र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात गरेका छन्। मधेशको...

प्रधानमन्त्री बालेन्द्र शाहलाई ओलीको बधाइ

प्रधानमन्त्री बालेन्द्र शाहलाई ओलीको बधाइ

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाइ दिनुभएको छ । सामाजिक सञ्जाल मार्फत अध्यक्ष ओलीले...

परराष्ट्र नीतिमा परिवर्तन हुँदैनः मन्त्री खनाल

परराष्ट्र नीतिमा परिवर्तन हुँदैनः मन्त्री खनाल

काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ मन्त्री आए पनि राष्ट्रको परराष्ट्र नीतिमा परिवर्तन नहुने बताउनुभएको छ।...