मुख्य समाचार

स्ववियु निर्वाचनमा आज मनोनयन

काठमाडौं। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अन्तर्गत आज मनोनयन पत्र वितरण हुँदैछ।

निर्वाचन तालिका अनुसार आज प्रत्यक्ष र समानुपातिकतर्फको मनोनयनपत्र वितरण हुने त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ। आज मनोनयनपत्र वितरण भएपछि भोलि प्रत्यक्ष र समानुपातिकतर्फको मनोनयन दर्ता गर्ने तालिका छ। यस्तै २८ गते उम्मेदवारको दाबी विरोध र सोही दिन बेलुकी ५ बजे उम्मेदवारको दाबी विरोधउपर छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ।

यस्तै २९ गते दिउँसो १ बजेसम्म उम्मेदारको नाम फिर्ता लिई अन्तिम नामावली प्रकाशन हुनेछ। उम्मेदवारले प्रचारप्रसार गर्ने समय फागुन २९ गते दिउँसो २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मलाई तोकिएको छ।

त्यसपछि मौन अवधि शुरू हुनेछ । कार्यतालिका अनुसार चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान हुनेछ। कतिपय क्याम्पसमा भने विवादका कारण तालिका हेरफेर भएको छ।

सम्बन्धित समाचार

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गर्नुभएको छ। उहाँले फेसवुकमा एक पोष्ट...

प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित

प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित

काठमाडौँ। ब्याटरले संघर्ष गर्नुपरेको खेलमा मधेश र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात गरेका छन्। मधेशको...

प्रधानमन्त्री बालेन्द्र शाहलाई ओलीको बधाइ

प्रधानमन्त्री बालेन्द्र शाहलाई ओलीको बधाइ

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाइ दिनुभएको छ । सामाजिक सञ्जाल मार्फत अध्यक्ष ओलीले...

परराष्ट्र नीतिमा परिवर्तन हुँदैनः मन्त्री खनाल

परराष्ट्र नीतिमा परिवर्तन हुँदैनः मन्त्री खनाल

काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ मन्त्री आए पनि राष्ट्रको परराष्ट्र नीतिमा परिवर्तन नहुने बताउनुभएको छ।...