बुधबार, फाल्गुन २८, २०८१
English
Follow us:

प्रतिनिधिसभामा प्रचण्डले सम्बोधन गर्ने

प्रतिनिधिसभामा प्रचण्डले सम्बोधन गर्ने

  • खबर सेवा

  • मङ्लबार, फाल्गुन २७, २०८१

  • 38
    SHARES
प्रतिनिधिसभामा प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले उपभोक्ता अदालतको गठन सम्बन्धी सूचना टेबुल गर्ने कार्यसूची रहेको छ । यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै यसलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology