बुधबार, फाल्गुन २८, २०८१
English
Follow us:

यी स्थानमा आज पानी पर्ने

यी स्थानमा आज पानी पर्ने

  • खबर सेवा

  • मङ्लबार, फाल्गुन २७, २०८१

  • 37
    SHARES
यी स्थानमा आज पानी पर्ने

काठमाडौं। हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। जसको प्रभावस्वरुप यतिबेला (मंगलबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना छ। महाशाखाका अनुसार कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको पनि सम्भावना छ।

मेघगर्जन र चट्याङसहित हुनसक्ने वर्षा तथा हिमपातको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भन्दै महाशाखाले त्यसबाटसमेत बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology