मुख्य समाचार

नागरिक उन्मुक्ति र जनमतले एकता गर्ने

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गर्न जनमत पार्टीले कार्यदल बनाएको छ। सोमबार बर्दिबासमा सिके राउतको नेतृत्वमा बसेको जनमत केन्द्रीय समितिको बैठकले नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्न तीन सदस्यीय कार्यदल गठन गरेको हो।

कार्यदलमा अब्दुल खान, शरदसिंह यादव र बालगोविन्द चौधरी छन्। यस्तै, बैठकमा संगठन विस्तारका पार्टी प्रवेश कार्यक्रममा तीव्रता दिने, भातृसंगठनहरूको गठनमा जोड दिने निर्णय गरेको छ। अहिलेसम्म नपुगेका वर्ग, समुदाय, उमेर समुह, व्यवसाय समुह र क्षेत्रसम्म पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ।

त्यस्तै, सशक्त आन्दोलनका लागि युवादस्ता गठन तथा प्रशिक्षणमा विशेष जोड दिने निर्णय गरेको छ भने प्रदेशलाई अधिकार सम्पन्न, स्वायत्त र प्रभावकारी बनाउन आवश्यक ऐन कानूनहरू चाँडै निर्माण गराउन पहल गर्ने निर्णय गरेको छ।

 

सम्बन्धित समाचार

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...

देवघाटमा देखियो घडियाल

देवघाटमा देखियो घडियाल

चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

काठमाडौँ। निर्वाचन आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकारको पूर्ण प्रयोग गर्न...