मुख्य समाचार

ज्ञानेन्द्रले जनता उक्साए : एमाले

काठमाडौँ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्व राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष सहभागिता र उक्साहटमा संविधानविपरीतका कामहरू भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद बर्तौलाले संविधानको धारा १ मा संविधानको पालना गर्नु प्रत्येक नागरिकले पालना गर्नुपर्ने लेखिए पनि पूर्व राजा शाह र उनका समर्थकहरूले संविधान विपरीत कार्यहरू गरेकाले सरकारले त्यसलाई नियन्त्रण गर्नुपर्ने माग गरेका हुन् ।

‘पछिल्लो केहीदिनदेखि पूर्वराजा ज्ञानेन्द्रको नाम र उक्साहटबाट समाजमा संविधानविपरीतका कार्यहरू भइरहेका छन्’, उनले संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउँदै भने, ‘पञ्चायतकालीन गान गाउने,मुलुकको अहिलेको राष्ट्रिय गानको अवमूल्यन गर्ने किसिमका संविधानविपरीत काम भइरहेका छन् ।’

उनले राजावादीहरूको र्‍यालीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको तस्बिरसहित प्रदर्शन भइरहेको भन्दै संविधानविपरीतका कामबारे सरकारले नोटिसमा राख्नुपर्ने बताए । ‘लोकतन्त्रको विकल्प राजतन्त्र र निरंकुशतन्त्र हुन सक्दैन । सङ्ग्रहालयमा थन्किएको राजतन्त्रले हुकुमप्रमांगीबाट देश चलाउने दिवा सपना नदेख्न चेतावनी दिन्छु’, बर्तौलाको भनाइ छ ।

सम्बन्धित समाचार

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...

देवघाटमा देखियो घडियाल

देवघाटमा देखियो घडियाल

चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

काठमाडौँ। निर्वाचन आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकारको पूर्ण प्रयोग गर्न...