शिक्षा

प्रहरी र शैक्षिक परामर्श व्यवसायीबीच अन्तरक्रिया कार्यक्रम गरिँदै

काठमाडौँ। नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघले नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायीबीच एक दिवसीय अन्तरक्रिया कार्यक्रम राखेको छ।

प्रहरी र व्यवसायीबीच सम्बन्ध सुदृढ बनाउँदै लैजाने उद्देश्यले महासंघले अन्तरक्रिया कार्यक्रम राखेको जनाएको छ। महासंघले आज दिनको २ बजेदेखि काठमाडौँको बागबजारस्थित हार्दिक होटलमा सोही कार्यक्रम गर्न लागेको हो। कार्यक्रमका लागि शैक्षिकजन्य संस्थालाई आमन्त्रण गरिएको महासंघका अध्यक्ष राजेन्द्र बरालले जानकारी दिए।

कार्यक्रममा आयोजकका रूपमा फेस नेपाल, इकरिन, नायर, जाल्सन, केक्यान, इप्क्यान र नेबाजस्ता संस्थाहरू रहेका छन्। बरालका अनुसार प्रहरी अनुसन्धान अधिकृत एवं एसएसपी विश्व अधिकारीको नियुक्ति र सम्मानमा अन्तरक्रिया कार्यक्रम हुन लागेको हो।

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...