
मेष : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। गर्न लागेको काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ। तर, आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागिता हुनेछ।
वृष : योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। सामान हराउने वा चोरी हुने भय छ। प्रेमीसँग असमझदारी बढ्न सक्छ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ। नयाँ कार्यको योजना बन्नेछ।
मिथुन : सहयोगी हात अघि बढ्नेछन्। चिताएको कामले तीव्रता लिनेछ। धार्मिक तथा संस्कृतिक क्षेत्रमा सहभागिता बढ्नेछ। राजनीतिक र सामाजिक काममा सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। पुनर्मिलनको योग छ।
कर्कट : चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। मनोरञ्जनमा सहभागी भइएला। वैदेशिक बजारमा लगानीका लागि नयाँ योजना बन्नेछ। प्रेमीको भरपुर सहयोग हुनेछ। आहारविहारमा भने सावधानी अपनाउनु पर्नेछ।
सिंह : वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रतिष्ठा कमाउने बेला छ। कुनै कुराले मनमा शान्ति छाउनेछ। रमणीय र सुखद यात्राको योग छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ।
कन्या : आफन्तबीच खटपट, चिन्ता र शङ्का उब्जनेछ। विद्या र बुद्धिको कमी हुनेछ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ। विद्यार्थीको पढाइमा मन नजान सक्छ। नयाँ क्षेत्रमा आर्थिक लगानी गर्नु उपलब्धिमूलक नहोला।
तुला : शुभकार्यमा सरिक भइनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। नयाँ कार्यको योजना बन्ने र शुभ कार्यमा सरिक भइनेछ। नजिकका व्यक्तिबाट सहयोग पाइएला। सरकारी निकायबाट सहयोग मिल्नेछ। सफल यात्रा हुनेछ।
वृश्चिक : महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। शुभारम्भको चर्चा चल्नेछ। दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। भक्ति र सेवाभाव बढेर जानेछ। रोकिएका कामले गति लिनेछन्।
धनु : धार्मिक यात्राको योजना बन्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ। अधुरो कार्य सम्पादनमा सहजता मिल्ला। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ।
मकर : सुखदुःख बराबरी रहनेछ। योजना गोप्य राखेरै अघि बढ्नुहोला। सहकर्मीबाट विरोध आउन सक्छ। लगानी र बजारले पनि साथ नदेला। आफन्तबाट साथ र हौसला मिल्नेछ।
कुम्भ : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। सामाजिक तथा राजनीतिक कार्यमा रुचि बढ्नेछ। आफन्तबाट साथ, सहयोग मिल्नेछ।
मीन : दाम र प्रतिष्ठा कमाउने बेला छ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सम्पन्न हुनेछ। खानपिनको विविध परिकार खान पाइएला। धार्मिक यात्राको योग र योजना बन्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ।