बिहिबार, फाल्गुन २९, २०८१
English
Follow us:

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मागदाबी नपुग्ने फैसला

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मागदाबी नपुग्ने फैसला

  • खबर सेवा

  • बिहिबार, फाल्गुन २९, २०८१

  • 28
    SHARES
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मागदाबी नपुग्ने फैसला
एमाले केन्द्रीय बैठकमा जबाफ दिँदै ओली। तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौँ। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मागदाबी नपुग्ने फैसला गरेको छ।

न्यायाधीशहरु हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बुधबार उक्त मुद्दामा मागदाबी नपुग्ने फैसला गरेको हो।

संवैधानिक इजलासमा विचाराधीन रहेको तत्कालीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका विषयमा टिप्पणी गरेको र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर अभिव्यक्ति दिएको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपाने २०७७ माघ १३ गते अवहेलनाको निवेदन दायर गरेका थिए।

यसअघि, न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफै उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश गरेको थियो । आदेशअनुसार २०७७ फागुन ६ गते प्रधानमन्त्री ओली आफै उपस्थित भएर लिखित जवाफ पेस गरेका थिए।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology