
काठमाडौँ। नेकपा एकीकृत समाजवादीले शुक्रबार (चैत १ गते) आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ। पार्टीको केन्द्रीय आन्दोलन संयोजन कमिटीका अनुसार अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरूको उपस्थितिमा आन्दोलनका विशेष कार्यक्रम घोषणा गरिनेछ।
कार्की ब्याङ्क्वेट बबरमहलमा दिउँसो १२ः३० मा पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम घोषणा हुने केन्द्रीय आन्दोलन संयोजन कमिटीले जनाएको छ। पछिल्लो समय राजावादीहरू सलबलाएपछि त्यसविरुद्ध गणतन्त्रवादी दलहरू असन्तुष्ट छन्।
यसलाई लक्षित गरेर नेकपा समाजवादीले आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको हो। फागुन २६ गते बसेको सचिवालय बैठकले चैत १ गतेबाट सडक संघर्षमा जाने गरी आन्दोलन घोषणा गर्ने निर्णय गरेको थियो।