प्रमुख खवर

नेपाल सरकारले भूमिलाई विभिन्न ११ क्षेत्रमा वर्गीकरण

काठमाडाैं । नेपाल सरकारले भूमिलाई विभिन्न ११ क्षेत्रमा वर्गीकरण गरेको छ । वन तथा वातावरण मन्त्रालयले शनिबार सार्वजनिक गरेको ‘राष्ट्रिय ढाकिएको भू–क्षेत्र अनुगम’ ९नेशनल ल्याण्डकभर मोनिटरिङ सिष्टम अनुसार भूमिलाई वन, कृषि, घाँसे मैदान, बुट्यान, सिमसार, हिउँ, हिमनदी, चट्टान, बगर, आवास र वनस्पतिरहित क्षेत्रमा विभाजन गरिएको छ ।

मन्त्रालयले गत चैत ७ गते स्वीकृत गरेको उक्त प्रणाली विश्व पृथ्वी दिवसका अवसरमा सार्वजनिक गरेको हो । प्रणालीमा हरेक वर्ष भू–उपग्रहबाट खिचिएका नक्सा तथा तस्वीरको प्रयोग गरी अनुगमन गर्र्ने र प्रतिवेदन तयार गर्ने उद्देश्य राखिएको छ । यस प्रणालीको प्रयोग गरी सन् २००० देखि २०१९ सम्मको राष्ट्रिय, प्रादेशिक र भौगोलिक क्षेत्रअनुसारको ल्याण्डकभर नक्सा तयार गरिएको मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले जानकारी दिए ।

नक्साका आधारमा सन् २००० मा देशको वनक्षेत्र ३९।९९ प्रतिशत देखिएकामा सन् २०१९ मा ४१।६९ प्रतिशत पुग्न गई वन क्षेत्र वृद्धि भएको देखिन्छ । त्यसैगरी कृषि क्षेत्र सन् २००० मा २६।३१ प्रतिशत रहेकामा सन् २०१९ मा घटेर २४।२१ प्रतिशत हुन गएको देखिन्छ ।

दिगो विकासका लागि आधारभूत स्रोतका रुपमा रहेका वन, कृषि, चरण, जल तथा आवासीय क्षेत्रको अवस्थिति र वितरणसम्बन्धी तथ्याङ्क तथा सूचना महत्वपूर्ण मानिन्छ । उक्त प्रणाली मन्त्रालयको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले नापी विभाग, इसिमोड, युएसआइडीलगायत अन्य सरोकारवालको सहकार्यमा तयार गरिएको हो ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...