मुख्य समाचार

कहाँ कहाँ पर्दैछ पानी?

काठमाडौँ। हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी भू–भागको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। दिउँसो पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा राति मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा राति हल्का हिमपातकोसमेत सम्भावना छ।

सम्बन्धित समाचार

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गर्नुभएको छ। उहाँले फेसवुकमा एक पोष्ट...

प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित

प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित

काठमाडौँ। ब्याटरले संघर्ष गर्नुपरेको खेलमा मधेश र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात गरेका छन्। मधेशको...

प्रधानमन्त्री बालेन्द्र शाहलाई ओलीको बधाइ

प्रधानमन्त्री बालेन्द्र शाहलाई ओलीको बधाइ

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाइ दिनुभएको छ । सामाजिक सञ्जाल मार्फत अध्यक्ष ओलीले...

परराष्ट्र नीतिमा परिवर्तन हुँदैनः मन्त्री खनाल

परराष्ट्र नीतिमा परिवर्तन हुँदैनः मन्त्री खनाल

काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ मन्त्री आए पनि राष्ट्रको परराष्ट्र नीतिमा परिवर्तन नहुने बताउनुभएको छ।...