पूर्वराजाप्रति प्रचण्डको अभिव्यक्ति ‘तुच्छ, अमर्यादित, बिना प्रमाणको लाञ्छना’ : राप्रपा
काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि ‘तुच्छ, अमर्यादीत, बिना प्रमाणको लाञ्छना’ लगाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घोर भत्सना गरेको छ ।
‘राप्रपा मुकदर्शक भएर बस्ने छैन,’ भन्दै दाहाललाई यस किसीमको ‘गैरजिम्मेवार पूर्वाग्रही’ अभिव्यक्ति नदोहोयाउन राप्रपाले चेतावनी दिएको छ ।
राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणाको अध्यक्षतामा शनिबार केन्द्रीय कार्यालयमा बसेको आन्दोलन परिचालन समितिको वैठकको निर्णयमा यसो भनिएको छ ।
राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले बताए अनुसार आन्दोलन परिचालन समितिको निर्णयमा भनिएको छ, ‘चैत्र १ गते नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजा ज्ञानेन्द्रलाई इंगित गर्दै तुच्छ अमर्यादित, बिना प्रमाणको आरोप लाञ्छना लगाएकोमा राप्रपा आन्दोलन परिचालन समिति घोर भत्सना गर्दछ ।’
‘नेपाली जनता परिवर्तनको पक्षमा देखिएपछि अत्तालिएर पुष्पकमल दाहालले सन्तुलन गुमाएको आम नेपाली जनताले राम्ररी बुझेका छन्,’ राप्रपा आन्दोलन परिचालन समितिको ठहर छ । ‘परिवर्तन देश र समयको आवश्यकता हो, परिवर्तन निश्चित छ ।’
ताजा अपडेट
-
१.
दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
-
२.
रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
-
३.
अनेक चुनौतीबीच पार्टीलाई प्राप्त मतप्रति सन्तुष्टि छ : उज्यालो पार्टी
-
४.
प्रधानमन्त्रीका स्वकिय सचिव श्रेष्ठ प्रकृति संरक्षण कोषमा
-
५.
यी हुन् नेकपाका ९ समानुपातिक सांसद
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




