शिक्षा

कोरिया अध्ययनका लागि जाने सोचमा हुनुहुन्छ? इन्स्योर एजुकेसनलले ल्यायो अफर

काठमाडौँ। दक्षिण कोरियाका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जाने विद्यार्थीका लागि काठमाडौँको बागबजारस्थित इन्स्युर एजुकेसनल प्रालिले विभिन्न अवसरसहित छुटको व्यवस्थामा भर्ना आवेदन खुला गरेको छ।

लामो समयदेखि नेपाली विद्यार्थीलाई विश्वका विभिन्न विश्वविद्यालयमा पठाउन सफल यस संस्थाले यसपटक पनि विभिन्न अवसर दिँदै कोरियाका लागि भर्ना आवेदन खुला गरेको हो।

संस्थाले कोरियाका लागि भर्ना आवेदनको अन्तिम समयमा विशेष प्रावधानसहित छात्रवृत्तिको अफर खुलाएको छ। संस्थाले जापानका विभिन्न नाम चलेका विश्वविद्यालयमा गुणस्तरीय शिक्षाको अध्ययनमा पठाउने र त्यहाँको अवस्थाबारे उच्च स्तरीय परामर्श दिने समेत व्यवस्था गर्ने जनाएको छ। संस्थाले कोरियामा पढ्न जाने विद्यार्थीका लागि आफूले नै सहजीकरण गरिदिने र विशेष सहुलियत समेत प्रदान गर्ने जानकारी दिएको छ।

यो संस्था बागबजारको केएमसी कलेजको विपरीत दिशामा रहेको छ। दक्षिण कोरियाले यसअघि आयल्समा भर्ना हुन जीपीए ३ दशमलव २ र आयल्स ५ दशमलव ५ भए पुग्ने निर्णय गरेको छ। मार्च ३० भित्र आवेदन दिएको खण्डमा टप ३० भित्र पर्ने र सिट सुरक्षित राख्न सकिने संस्थाले जनाएको छ।

यदि यस संस्थाबाट आवेदन दिएमा स्नातकोत्तर अध्ययनका लागि कोरियाबाटै इ भिषामा आवेदन दिन सकिने प्रतिष्ठित विश्वविद्यालय उपलब्ध गराउने जनाइएको छ। साथै स्नातकमा ५० प्रतिशतमाथि र आयल्समा ५ दशमलव ५ भएमा मात्रै पनि स्नातकोत्तर प्रोग्रामका लागि आवेदन दिन सकिने प्रावधान छ।

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...