प्रमुख खवर

काठमाडौंको महानगरपालिकाको मेयर पदका लागि बालेन शाहले उम्मेदवारी दर्ता

काठमाडौं।  काठमाडौंको महानगरपालिकाको मेयर पदका लागि बालेन शाहले उम्मेदवारी दर्ता गरेका छन् ।

शाहले आइतबार मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर मेयर पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् ।निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय रहेको छ ।

शाह भन्छन्र   ”पैसाको लागी उठ्यो भनेर कसैले सोच्छ भने, ५ तलाको घर छ मेरो काठमाडौंमा सिधै भन्छु, मैले २५ वर्ष हुँदादेखि गाढी चढ्या हो आफैँले कमाएर, पैसाको लागि त हुँदै होइन । मैले गित गाउँदा पनि पैसा आँउछ, डिजाइन गर्दा पनि पैसा आँउछ, सुपरभिजन गर्दा पनि पैसा आँउछ, कन्स्ट्रक्सन लिएर गर्दा पनि पैसा आँउछ, मैले इन्ड्रोसमेन्ट गर्दापनि पैसा आँउछ। मैले कहिँनिर बोल्दिदा पनि पैसा दिन्छन आजभोली त। जे गर्दापनि पैसा आँउछ भनेपछि त्यो पैसाको लागि होइन । अनि नामको लागि त पहिल्यै म्युजिक गरिरहेकै छु, मान्छेले गित सुनिरहेका छन्। चाहिने जति सबैले चिन्नु भएकै छ, त्यो नामको लागि पनि होइन ।यो चाहिँ के को लागि हो भन्दा मलाई चाहिँ मेरो बच्चा बेलामा टिचरहरुले के भन्नु भयो भन्दा सेवा गर्नलाई, काम गर्नलाई पद चाहिदैन भनेर सिकाउनु भयो तर त्यो पदमा नालायकहरु बसेको पनि देख्न सकिदैन भन्ने कुरा चाहि सिकाउनु भएको थिएन, मलाई चाहिँ अब त्यो फिल भएको हो १ठिक छ पद चाहिदैन काम गर्नको लागि, अहिलेसम्म त काम गरिरहेकै छु तर त्यो पदमा नालायक मान्छे बसेको त म देख्न सक्दिन नि, त्यो पनि त एउटा पाप हो नि त। त्यो देखीदेखी पनि आफु चुप लागेर बस्नु त गल्ति हो नि। त्यहाँ रख्दिनु न त राम्रो मान्छे मैले यत्रो दुख किन गरिरहनु पर्थ्यो, मेरो त आरामको जिन्दगी चलिरहेको छ, आनन्दले चलाइथ्यो। मलाई त दुख गरिरहनु परेको पनि थिएन नि त, त्यहाँ राम्रो मान्छे राख्दिनु सबै काम गर्न सक्ने हामीले खोजेको जस्तो मेयर त्यहाँ हो भने त म किन जानु पर्यो त, जानै पर्दैन थियो नि।” 

 

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...